असार ७ मा कमल एक्चै मगरको ‘शिरफूल’

काठमाडौं । कमल एक्चै मगरको निर्देशनमा बनेको चलचित्र ‘शिरफूल’ असार ७ गतेबाट प्रदर्शनमा आउने भएको छ। चलचित्रमा रुपा राना, राज थापा, देवराज आले, विनिता थापा, सुनिल रोका, नमिता तामाङ, पुजा गदाल, लिला गुरुङ, निता पुन, किरण मगरलगायतको अभिनय रहेको छ।

‘शिरफूल’ महिलाहरुले शिरमा लगाउने एक प्रकारको गहना हो। नेपाली समाजमा छोरी चेलीलाई शिरको फूलको रुपमा लिने चलन भएकाले चलचित्रमा छोरीलाई बिम्बको रुपमा बुझाउन खोजिएको निर्देशक मगर बताउँछन्। निर्देशक मगरले यसअघि चलचित्र ‘डेसान’ निर्देशन गरेका थिए। चलचित्रमा अहिलेको बढ्दो आधुनिकताको प्रभावसँगै युवा पुस्तामा देखिएको सांस्कृतिक विकृतिलाई पनि चित्रण गर्ने प्रयास गरिएको छ ।

चलचित्रमा राजु थापा, डिपी खनाल र कृष्ण केसीको शब्द, हरि लम्साल र देवराज आले मगरको संगीत, देवराज आले मगरको कथा, निरोज श्रेष्ठको छायांकन र मिलन श्रेष्ठको सम्पादन छ। आशिर्वाद पुन मगर र माया छन्त्याल पुनको लगानीमा बनेको चलचित्रको पटकथा संवाद राज थापा र राजु युगिनले लेखेका हुन् ।

तारा श्रीस, आर्जन पाण्डे, हरि लम्साल, मेलिना राई र देवराज आलेले स्वर स्वर रहेको चलचित्रमा अभिनेत्री मरिस्का पोखरेलको पनि विशेष भूमिका छ। चलचित्रलाइ आर आर फिल्म्सले देशभर वितरण गर्दैछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *