एमाले बाजुराको पदाधिकारीमा ओली प्यानल नै विजयी

कैलाली । नेकपा एमाले जिल्ला कमिटी बाजुराको पदाधिकारीमा लाल बहादुर ओलीको प्यानल विजयी भएको छ । अध्यक्ष लाल बहादुर ओली, उपाध्यक्षमा जनक कुमार बोहरा, सचिवमा काशी बहादुर बिक, उपसचिवमा हरि बहादुर रोकाया र राजकला सार्की विजयी भएका छन् ।

अध्यक्ष लाल बहादुर ओलीले २१८, उनका प्रत्याशी भरत बहादुर थापाले २०३, उपाध्यक्षमा जनक कुमार बोहराले २७४ उनका प्रत्याशी मेघराज शाहीले १२०, सचिवमा काशी बहादुर विकले २४१ उनका प्रत्याशी जनक विष्टले १७१ उपसचिवमा हरि बहादुर रोकायाले २७७ उनका प्रत्याशी मान बहादुर रोकायाले ११५ र राजकला सार्कीले २७७ र उनका प्रत्याशी कल्पना महतले १२६ मत ल्याएका छन् ।

अधिवेशन जेठ १ गते बाट सुरु भएको थियो ४ सय ३९ जना प्रतिनिधि मध्ये ४ सय २५ मते खसेका थिए । नेकपा एमाले आठौँ जिल्ला अधिवेशनको चुनावी सरगर्मीको मैदानमा अध्यक्षमा भरतबहादुर थापा र लालबहादुर ओली उत्रिएका थिए ।

भरत बहादुर थापालाई एमाले स्थायी कमिटी सदस्य कर्ण बहादुर थापाको समर्थन रहेको थियो भने लाल बहादुर ओलीलाई एमाले केन्द्रीय सदस्य लाल बहादुर थापाको समर्थन रहेको थियो । केन्द्रीय तहका दुवै नेता बुढिगंगा नगरपालिकाका हुन् । पदाधिकारीको मत परिणाम सार्वजनिक भएपनि सदस्यहरूको भने अझै भएको छैन ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *