सिटिजन्स बैंकद्वारा बेनी अस्पताल म्याग्दीलाई वाटर फिल्टर प्रदान

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत गण्डकी प्रदेशको म्याग्दीस्थित बेनी अस्पताललाई आरवो वाटर फिल्टर सहयोग प्रदान गरेको छ ।

बेनी अस्पतालमा आज आयोजित एक कार्यक्रमका बीच अस्पताललाई वाटर फिल्टर हस्तान्तरण गरिएको छ । अस्पतालमा सुरक्षित खानेपानीको अभावका कारण बिरामीहरुलाई कठिनाईका साथसाथै स्वास्थ्यकर्मीहरुलाई पनि सेवा प्रवाहमा असहजता भएको हुँदा अस्पतालको सेवा प्रवाहमा केही हदसम्म सहजता होस् भन्ने हेतुले बैंकले बेनी अस्पताललाई दुईवटा वाटर फिल्टर सहयोग प्रदान गरेको बैंकले जनाएको छ ।

बैंकको यस कार्यबाट सेवाग्राहीहरुलाई अस्पातालमा सुरक्षित पिउने पानीको सुनिश्चितता हुने, पानीबाट हुने संक्रमणहरूमा कमी आउने र समग्रमा त्यस क्षेत्रको स्वास्थ्यमा प्रवर्द्धन हुने विश्वास बैंकले लिएको छ ।

बैंकले देशैभरी फैलिएकाआफ्ना १९० वटा शाखा, १५३ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख ३८ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

हाल ५५ जिल्लामा आफ्नाे सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यसै आर्थिक वर्ष थप ७ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्नेछ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *