रविको प्रश्न- मलाई बाहिर पठाउँदा देशको सूचना विदेशीलाई बेच्ने एसेट्सलाई के गर्ने ? (भिडिओ)

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसदमा आफूमाथि लागेको आरोपमाथि जवाफ दिने क्रममा कांग्रेस महामन्त्री गगन थापामाथि फायर खोलेका छन् । गगनको नाम नलिइकन उनले घुमाउरो रुपमा संवेदनशील टिप्पणीहरु गरे ।

लामिछानेले थापामाथि लक्षित गर्दै बोलेका केही शब्दः

१५ वर्षदेखि संसदको लास्ट सीटदेखि फ्रन्ट सीटसम्म आइपुग्दा भ्रष्टाचारका सबै काण्डको साक्षी बसेर ठूलो स्वर गर्नेहरुलाई हेक्का होस्, यो देश अब तपाईंहरुको गनगनले मात्र चल्दैन । आफैं सरकारमा बसेर यसलाई बाहिर पठाउ, उसलाई बाहिर पठाउ भन्नुको साटो प्रमाण जुटाएर कारबाही गर्ने आँट गरेको भए हुन्थ्यो । अप्रमााणित हल्ला र मिडिया ट्रायललाई बोकेर संसदलाई लेक्चर दिनुभयो काम गर्नुभयो ।

सहकारी ठगी गर्नेलाई मात्र होइन, कृषि अनुदानको रकम हिनामिना गरेर कुखुरा, माछा, खसीबोका, बाख्रा पाल्नेलाई पनि बाहिर पठाऔं । दुईतीन वटा नागरिकता बोक्नेलाई मात्र होइन, एउटै नागरिकता र पासपोर्ट बोक्ने, तर देशका गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्ट र एसेट्सलाई पनि बाहिर पठाऔं, संसदबाट हटाऔं । जतिसुकै शक्तिशाली होस्, देशको मन्त्री होस् वा पार्टीको महामन्त्री किन नहोस् ।

कांग्रेस महामन्त्रीले संसद वैठकमा उपप्रधानमन्त्रीले आफैं निवेदन दिएर ऋण मागेको प्रमाण मसित छ भन्नुभयो । त्यस्तो प्रमाण जहाँबाट भए पनि उपलब्ध गराइदिनुस, म राजनीति छोड्छु भनेको थिएँ । धेरै दिन भइसक्यो मैले प्रमाण पाएको छैन । तर धन्दा नमान्नुस तपाईंले राजनीति छोड्नु पर्दैन । तपाईंजत्तिको नेता यो देशलाई चाहिन्छ । ’

लामिछानेले मिडियाको हल्लासँग रास्वपा नतर्सिने बताए ।

उनले भने, ‘रास्वपा कायरहरुको पार्टी होइन । रवि लामिछाने कायर होइन । मिडिया ट्रायल हामीसँग चल्दैन । मलाई खेल्न र हार्न समस्या छैन । तर खेल फेयर हुनुपर्छ । झूटा मुद्दासँग म डराउँदिन । म भूईंको मान्छे हो, भूईंसम्म निहुरिन सक्छु, तर झुक्न स्वीकार्य छैन ।’

Comments

3 responses to “रविको प्रश्न- मलाई बाहिर पठाउँदा देशको सूचना विदेशीलाई बेच्ने एसेट्सलाई के गर्ने ? (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    वाह् ! धन्य रवि । क्या दनक दियौ चोर राष्ट्रघातिलाई ।

  2. bharat kumar thapa Avatar

    स्वयं रवीको उदय पनि उपयुक्त परिवेशबाट होइन तर पनि राजनीतिक असंगति लाई जुन हिसाब उजागर गरेउ पहिलोपटक भए पनि बधाई खरावीको अन्य१००% छ ।

  3. एक नेपाली Avatar
    एक नेपाली

    चारपाटा मुढेर थानकोट कटाउ भन्ने मटनकाजीलाई राजखानी मै हानेछौ 😂😂👏👏👏👍️👍️

Leave a Reply

Your email address will not be published. Required fields are marked *