संसद बैठकको समय सर्‍यो

काठमाडौं । प्रतिनिधिसभाको बैठक सरेको छ । बिहान ११ बजे तय गरिएको बैठक विशेष कारण देखाउँदै दिउँसो २ बजेलाई तय गरिएको हो ।

सहकारी प्रकरणमा छानबिन समितिको क्षेत्राधिकारलगायतको विषयमा सत्ता र विपक्षी दलको संयुक्त कार्यदलको बैठ जारी छ ।

गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिने तर छानबिन समितिको टीओआरमा सहमति नजुटेसम्म बैठक नचलाउन विपक्षी मोर्चाको आग्रहपछि सदनको समय परिवर्तन गरिएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *