सहकारी प्रकरणको छानबिन समिति बन्ने, कानूनमन्त्री गिरीसहित तीन दलको कार्यदलले भोलि टीओआर तयार पार्ने

काठमाडौं । सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताहरु सहकारी प्रकरणसम्बन्धी संसदीय छानबिन समिति बनाउन सहमत भएका छन् ।

उक्त समितिको टीओआर बनाउन कानूनमन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन गर्नेसमेत शीर्ष नेताहरुले सहमति जनाएका छन् ।

कार्यदलमा एमालेका महेश बर्तौला, कांग्रेसका जीवन परियार र रास्वपाका शिशिर खनाल रहनेछन् । उक्त कार्यदलले भाेलि टीओआर बनाउनेछ ।

संसदको गत्यावरोध हटाउन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तापक्ष र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक बसेको थियो ।

सुरुमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले छलफल गरेका थिए । उक्त बैठकमै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै महामन्त्री गगन थापा, कृष्णप्रसाद सिटौला र रमेश लेखक मिसिएका थिए ।

सदनको गतिरोध हटाउन प्रधानमन्त्री प्रचण्डले आजै बिहान पनि कांग्रेससँग छलफल गरेका थिए । कांग्रेसले गृहमन्त्री लामिछाने मुछिएको सहकारी प्रकरणको छानबिन गर्न संसदीय समिति गठन गर्न माग गर्दै राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठकमा निरन्तर अवरोध गर्दै आएको थियो ।

सत्तापक्ष संसदीय छानबिन समिति बनाउन तयार भए पनि गृहमन्त्री लामिछानेको नाम तोक्ने पक्षमा छैन ।

Comments

2 responses to “सहकारी प्रकरणको छानबिन समिति बन्ने, कानूनमन्त्री गिरीसहित तीन दलको कार्यदलले भोलि टीओआर तयार पार्ने”

  1. Nagendra Avatar
    Nagendra

    समस्याको समाधान चाहन्छ कांग्रेश ??
    ========================
    १. बेथिति कत्ति छन् कत्ति. अनियमितता कत्ति छन् कत्ति अनि, द्रिस्य अद्रिय रुपमा देशको उन्नति रोक्न, जनताको भलाइ रोक्न कस्ता कस्ता प्रयास भै रहेका छन् तर कांग्रेश यौटा ‘रबि’ नाम लिएर उदण्डता देखाउञ्छ, रबि खसाउने ध्यान धुन र प्रयास उसको छ जुन संसदको भूमिका र प्रभावकारीतामा प्रश्न उठाउने अभ्यासहरु हुन् !!
    २. संसदले त तमाम समस्या देख्नु पर्ने र तिनको न्यायोचित समाधान खोज्न पर्ने हो नि तर कांग्रेश, मात्र रविको पछि लाग्यो जसले गर्दा मुख्य समस्या अनि त्यो समस्याका कारकहरु सुरक्षित हुने अवस्था देखियो !!
    ३. समग्रमा कांग्रेस सहकारी पिडितको समस्या समाधान गर्न को लागि, न्याय दिलाउनको लागि हैन आफ्नु सिमित स्वार्थ पुरा गर्न पिडितको मुद्दालाई डाइलुट गर्न लाग्यो र समस्या जीवित राख्ने प्रयासमा लाग्यो : यो कांग्रेशको जन्म देखि गर्दै आएको बानि हो : जसको कारण ठुला ठुला परिवर्तन भए तर त्यो सिमित मान्छे (कांग्रेश ठालुहरु) को वरिपरि घुमे अनि छोट्टो समयमा गुमे !!!
    ४. अब त्येस्तो नहोस :: जहा जहा छन् समया त्येहा त्येहा गरियोर दर्बिलो प्रहार : समग्र प्रगतिको लागो चाहिने त्यो हो !!

  2. ksp pyl Avatar
    ksp pyl

    यो प्रकरण्को कारण काँग्रेसले अलिअलि बचेको साख पनि माटोमा मिलायो । एक रवि रवि भनेर कराय‍ो । यसबाट काँग्रेस रविसँग कति डराएको रहेछ भन्ने देखियो । अर्को, काँग्रेस समस्या समाधान भन्दा पनि सत्ताबाट हटनु परेको आक्रोश पोख्दैछ । जनताले काँग्रेसलाई लुटेराहरूको क्लव भन्न थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *