सहकारी प्रकरणमा सरकारलाई कांग्रेसको चेतावनी- जनहित विरोधी कार्यमा नलाग्नू

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारलाई जनहित विरोध कार्यमा नलाग्न चेतावनी दिएको छ।

सहकारी प्रकरणले सदनमा चर्काचर्की परेपछि आज बसेको संसदीय दलको बैठकले सरकार सहकारी ठगीबाट पीडित भएका नागरिकप्रति गैर जिम्मेवार बनेको निष्कर्ष निकालेको हो।

बैठकपछि प्रमुख सचेतक रमेश लेखकले भने, ‘सरकार सहकारी ठगीबाट पीडित भएका नागरिक प्रति गैर जिम्मेवार र संवेदनहीन हुँदै सहकारीका ठग बचाउने कार्यमा लागेको यो बैठक ठहर गर्दछ । सरकार र सत्ता पक्षलाई जनहित विरोधी यस्ता कार्यमा नलाग्न चेतावनी दिन चाहन्छ ।’

लाखौँ नेपाली नागरिकले सहकारी संस्थामा बचत गरेको अरबौँ रकम हिनामिना, अपचलन, दुरुपयोग र ठगी गरेको विषयमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको विषय आफूहरूले निरन्तर उठाइरहेको बताए।

उनले भने, ‘सहकारीका बचतकर्ताहरूले राखेको रकमको सुरक्षाको ग्यारेन्टी गर्न, बचत हिनामिना भई पीडित भएका बचतकर्ताहरूको रकम फिर्ता गर्न र हिनामिना, ठगीमा संलग्न माथि छानबिन गरी कारबाही गर्ने सुनिश्चितताको लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने विषय नेपाली कांग्रेस सहित संघीय संसदमा धेरै दलहरूले उठाई रहेका छन्। यो विषय सम्पूर्ण नेपाली जनताको चासो र सरोकारको विषय भई संसद बाहिर पनि गम्भीर रूपले उठिरहेको छ । संसदीय समिति गठन गर्नुपर्ने तथ्य निर्विवाद रूपले पुष्टि हुँदै आएको छ ।’

Comments

One response to “सहकारी प्रकरणमा सरकारलाई कांग्रेसको चेतावनी- जनहित विरोधी कार्यमा नलाग्नू”

  1. ksp pyl Avatar
    ksp pyl

    ४७ सालदेखि देश लुटेर खोक्रो बनाउने, देश बेच्ने काँग्रेसलाई संसदमा नाङ्गेझार पार । अरूलाई बोल्नै नदिने काँग्रेसले लोकतन्त्र त खोल ओढनमात्र भनेको हो भनेर पटक पटक प्रमाणित भएको छ । बजेट तयार गर र अध्यादेशबाट ल्याउ । ऐनहरू पनि अध्यादेशबाट ल्याउ र लुटेरा काँग्रेसलाई बोल्ने ठाउँ नै बन्द गरिदेउ । यिनले ४७ सालदेखि लुटेको धन जनताले यिनका घर घरमा गएर खोसेर राज्यलाई बुझाईदिनुपर्छ । सहकारी लुटने सबैभन्दा बढी काँग्रेस छन् । छानबिन गरेमा काँग्रेसका कोहि नेता बच्दैन । त्यहि भएर रविलाई देखाएर छानबिन समिति नै बनाउन नदिने योजना हो काँग्रेसको । उपचुनावपछि एमालेले अब देश कब्जा गर्ने भयो र आफू सकिने भईयो भनेर काँग्रेस अत्तालिएको छ । अनि रविले भोट बढाउँदा काँग्रेस सकिदै जान्छ । त्यहि भएर काँग्रसका नेता बहुलाजस्तो भएर संसदमा ताण्डव मच्चाईरहेका छन् । अझ जेल परेका गुण्डा, बलत्कारी, हत्यारालाई पैसा खाँदै माफी दिलाएर कमाउन पल्केको एउटा भ्रष्टाचारी त संसदमा बढी उफ्रिएको वेखियो । लुटने धन्दा बन्द भएकाले तिलमिलाएछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *