गगन थापाको दाबी : हाम्रो उपसभापतिले नारा लगाइरहेका बेला ओलीले हप्काउनुभो (भिडिओ)

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले आफ्नो पार्टीका उपसभापति धनराज गुरुङलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमा हप्काएको दाबी गरेका छन् । गुरुङले ओलीप्रति अभद्र व्यवहार गरेको सन्दर्भमा पत्रकारले राखेको प्रश्नमा उनले यस्तो दाबी गरेका हुन् ।

थापाले भने, ‘हाम्रो उपसभापतिले नारावाजी गरिरहेका बेला ओली जुरुक्क उठेर आउनुभो र हप्काउनुभो । कथा त्यहाँबाट सुरु भएको हो । अझ, केही साथीहरु अशिष्ट ढंगबाट प्रस्तुत हुनुभो । हाम्रा साथीहरुले बोलेर त्यसको प्रतिवाद गर्नुभएको मात्र हो ।’

पत्रकारले सोधे, ‘एमाले अध्यक्ष ओलीले गुरुङलाई कोट्याएको जस्तो मात्र देखिन्छ, कसरी हप्काउनु भो ?’

थापाले जवाफ दिए, ‘एमालेको कोट्याउने तरिका त्यो हो भने कांग्रेसको उत्तर दिने तरिका यस्तै हो ।’

 

Comments

One response to “गगन थापाको दाबी : हाम्रो उपसभापतिले नारा लगाइरहेका बेला ओलीले हप्काउनुभो (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    यो जस्तो फटाहा कुरा गर्ने मान्छे कोहि रहेनछ । कसैले बोल्छु भन्दा नदिने फेरि लोकतन्त्रवादी रे । लाज पनि रहेनछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *