रास्वपाको घोषणा- अब संसदीय समिति बन्दैन, कांग्रेस आफ्ना नेताको फाइल खोल्न तयार होस् (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अब संसदीय छानविन समिति नबन्ने घोषणा गरेको छ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणको छानविनको माग गर्दै संसदीय समितिको माग राख्दै कांग्रेसर्मा धकेलाधकेलको स्थिती बनाएपछि समिति नबन्ने घोषणा गरेको हो ।

रास्वपाका सांसद मनिष झाले भने, ‘हामीले सहमतिको लागि धेरै प्रयास गर्यौं तर, अब समिति बन्दैन । त्यो शर्तमा बन्छ हामी २३ महिना मात्रै भयो राजनीतिमा आएको, अहिलेसम्म सरकारमा सहभागी भएको सय दिन पनि कटेको छैन । ३४ वर्षसम्म राजनीति गरेको, छातीमा हात राखेर हामी सबै सांसदहरु भन्न सक्छौं मेरो सभापतिको सबै छानबिन गरोस्, म तयार छौं, उहाँको केही खोट निस्कियो भने हामी राजनीति छाड्न तयार छौं कांग्रेसले त्यो हिम्मत राख्न सक्छ ? मेरो सभापति, सभापतिका श्रीमती र छोराको पनि छानबिन गर भन्न सक्छ ? मेरो चुनौती भयो ।’

उनले अब कांग्रेसका सबै पदाधिकारीको फाइल खोल्ने शर्तमा मात्रै समिति बन्ने अडान सुनाए ।

 

Comments

3 responses to “रास्वपाको घोषणा- अब संसदीय समिति बन्दैन, कांग्रेस आफ्ना नेताको फाइल खोल्न तयार होस् (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    एकदम ठिक माग । हिम्मत छ घैटेको पार्टनर ? मोदीलाई राखी बाँधेर देश लुटन पल्केकाहरू हिम्मत छ ? हिम्मत छ गुण्डा, बलत्कारी र चोर जेलबाट छुटाएर पैसा कमाउने धन्दावाल फटाहा ?

    1. SUPREME Avatar
      SUPREME

      RABI KO JHOLE MULA

  2. Nagendra Avatar
    Nagendra

    कांग्रेशको रबि र ओली भय !!!
    ===================
    १. कांग्रेशको डर, रिस र प्रतिसोध जम्मा जम्मी रबि संग देखियो, किन भने कान्ग्रेशी हरुका कर्तुत एक एक बाहिर आउने भए र त्यो सब रविको अगुवाइमा भएको र ओली-प्रचण्डको साथले सम्भव भएको हो !!
    २. खासमा कांग्रेश सत्ताकै लागि बनेको हो भन्ठान्छ र सत्तामा आफु बाहेक हुने हुन्न भन्ने मानसिकताबाट गुज्रिएको छ, सत्ता बाट बाहिर हुनु परेको र अब पनि सत्ता प्राप्त हुने कुनै बाटो नभेटे पछि अतालिएको कांग्रेशको पिडा, छटपटाहट अनि हताश अवस्थाको चरम रुप बाहिर आएको हो !!
    ३. त्यो भन्दा बढी, आफु सत्तामा हुँदा गरेका तमाम बेथिति बाहिरिने भय र सजायको भागिदार हुनु पर्ने निकट भविस्य देखेर आत्तिएको र भयभित भएको प्रतिक्रिया हो !!
    ४. राजनीतिलाई यो हबिगतामा पुर्याउन र देश संकटको यो अवस्थामा निम्त्याउने हरेक घटनामा कांग्रेशको अगुवाइमा भएका छन !! आफु बाहेक अरुले स्वतन्त्रता उपभोग गरेको देख्न सक्तैन : अहिले त अरुलाई भट्टी-पसले आरोप लगाउने अनि बोल्न पनि नदिने, कत्ति निरङ्कुश !!
    ५. जनताले त नरुचाएका नै हुन्, तिरस्कार गरेकै हुन् तर गठबन्दनको माध्यमबाट सुन्निएको कांग्रेश स्खलित हुनु देशको लागि देशको लागि चाही यो राम्रो हो : त्यो हुने पर्छ प्रगति चाहने हो भने !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *