काठमाडौं । रास्वपा सांसद मनिष झाले कांग्रेसका उपसभापति धनराज गुरुङले देशको सम्मानित नेता केपी ओलीमाथि दुव्र्यवहार गरेको दाबी गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा कांग्रेस र एमालेका सांसदहरुबीच धकेलाधकेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपालको सबैभन्दा ठूलो दलको उपसभापतिबाट त्यो अपेक्षा गर्न नसकिँने बताए ।
उनले भने, ‘हाम्रो क्याप्टेनको साइटमा गएर त हामी उभिनु त पर्यो नि । हामीले कसैमाथि औला उठाएका छैनौं । उहाँहरुले दायरा मिचेपछि गएर उभिएका छौं ।’
उनलेृ कांग्रेसले पार्टी सभापतिमाथि लगाएको आरोपको जवाफ सदनबाटै दिन पाउनुपर्ने बताए ।

Leave a Reply