ओलीमाथि धनराजको उत्तेजक व्यवहारको अन्तर्य, आम्ने साम्नेमा के भएको थियो सवाल जवाफ ?

काठमाडौं । प्रतिनिधि सभाको आजको वैठक तनावग्रस्त भइरहँदा कांग्रेस उपसभापति धनराज गुरुङ एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि उत्तेजितरुपमा प्रस्तुत भए । चर्को स्वरमा नाराबाजी गरिरहेका गुरुङलाई सुरुमा ओलीले कोट्याएर केही भनेलगत्तै गुरुङले ओलीप्रति उत्तेजित हाउभाउ देखाएका थिए ।

आखिर ओलीप्रति धनराज किन आक्रोशित भएका थिए ? एक एमाले नेताका अनुसार गुरुङ गृहमन्त्रीलाई जसरी पनि रोक्ने ध्याउन्नमा थिए र ओलीले सम्झाउन खोज्दा उनी उत्तेजनामा आएका हुन् ।

‘गृहमन्त्रीलाई जान दिन्नँ, म जसरी नि रोक्छु । म रोक्छु, रोक्छु । कसले छेक्न सक्छ’, भन्दै गुरुङ प्रस्तुत भएका ती नेताले बताए ।

ओलीले घेराउ गर्ने ठाउँ यो नभएको (सत्तापक्षको रो) बताउँदा गुरुङ झन् आक्रोशित बनेका थिए । ‘यो शिष्टता भएन । यो तपाईंको ठाउँ होइन, अगाडि गएर घेराउ गर्नुस,’ ओलीको भनाइ उद्धृत गर्दै ति नेताले भने ।

त्यसक्रममा कांग्रेसका धनराज गुरुङले ओलीको नजिकै गएर औंला उझ्याउँदै अभद्र व्यवहार गरेका थिए ।

गुरुङ हात हाल्ने ढंगले प्रस्तुत भएपछि एमालेका प्रमुख सचेतक महेश वर्तौला,ठाकुर गैरे,रघुजी पन्त,सुर्य थापालगायत प्रतिवादमा उत्रिएका थिए । त्यसपछि हात हालाहाल भएको हो ।

संसदमा गृहमन्त्री लामिछानेलाई बोल्न सभामुख देवराज घिमिरेले बोलाएपछि कांग्रेसले नाराबाजी गर्दै रोक्न खोजेको थियो । त्यस क्रममा कांग्रेस र एमालेका सांसदहरुबीच धकेलाधकेल भएको थियो । त्यसपछि सभामुख घिमिरेले संसद स्थगित गरेका थिए ।

उता कांग्रेसले भने सभामुख घिमिरे एमालेको निर्देशनमा चलेको आरोप लगाएको छ भने आफूहरुले अभद्र व्यवहार नगरेको दाबी गरेको छ ।

Comments

2 responses to “ओलीमाथि धनराजको उत्तेजक व्यवहारको अन्तर्य, आम्ने साम्नेमा के भएको थियो सवाल जवाफ ?”

  1. Mangal gurung Avatar
    Mangal gurung

    कंग्रेसक नेताहरूको धेरै गल्ती देखिन्छ

  2. buddhiman Avatar
    buddhiman

    अभद्र व्यवहार गरेकाे नगरेकाे त भिडियो बाट छर्लङ्ग हुन्छ काँग्रेस जन, नढाट…….

Leave a Reply

Your email address will not be published. Required fields are marked *