सदनमा कांग्रेस र एमालेका सांसदबीच धकेलाधकेल,ओलीमाथि धनराज गुरुङको अभद्र व्यवहार (भिडिओ)

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा धकेलाधकेल भएको छ ।

कांग्रेसको नाराबाजीको बीचमा सभामुख देवराज घिमिरले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिएपछि धकेलाधकेल भएको हो ।

सदनमा कांग्रेस र एमालेका सांसदबीच धकेलाधकेलको क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि कांग्रेस उपसभापति धनराज गुरुङले अभद्र व्यवहार गरेका छन् । ओली र गुरुङबीच चर्काचर्की परेपछि अन्य सांसदहरु पनि धकेलाकेलमा उत्रिएका हुन् ।

गृहमन्त्री रवि लामिछानेलाई कांग्रेस सांसदहरुले रोष्टमतर्फ जान रोकपछि एमाले अध्यक्ष केपी शर्माले उनलाई अघि बढ्न इसारा गर्दै उठेका थिए । त्यसक्रममा कांग्रेसका धनराज गुरुङले ओलीको नजिकै गएर औंला उझ्याउँदै अभद्र व्यवहार गरेका थिए ।

गुरुङ हात हाल्ने ढंगले प्रस्तुत भएपछि एमालेका प्रमुख सचेतक महेश वर्तौला,ठाकुर गैरे,रघुजी पन्त,सुर्य थापालगायत प्रतिवादमा उत्रिएका थिए । त्यसपछि हात हालाहाल भएको हो ।

सांसदहरुबीच मुडभेडको स्थिती भएपछि सभामुख देवराज घिमिरेले भोलि बिहान ११ बजे बस्नेगरी बैठक स्थगित गरेका छन् ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने अडान राख्दै सदन अवरोध गर्दै नाराबाजी गर्दै वेल घेराउ गर्दै आइरहेको छ ।

कांग्रेसको नाराबाजीबीच सभामुखले राष्ट्रपतिबाट प्राप्त भएको पत्र पढेर सुनाएका थिए ।

सदनको अवरोध हटाउन प्रधानमन्त्री प्रचण्ड र सभामुख देवराज घिमिरेले निरन्तर प्रयास गरेपनि सहमति जुट्न नसकेको हो ।

 

Comments

4 responses to “सदनमा कांग्रेस र एमालेका सांसदबीच धकेलाधकेल,ओलीमाथि धनराज गुरुङको अभद्र व्यवहार (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    घडी चोर देश छोड ।

  2. ksp pyl Avatar
    ksp pyl

    धनराज गुरूङ चोर डाका, हत्यारा जेलबाट छुटाउनेको नाईके हो । सरकबाट हटनु परेकाले लुटन बन्द भयो अनि रिसाएको छ । रेशम चौधरी छुटाउनेक‍ो नाईके ।

  3. shiva Paudel Avatar
    shiva Paudel

    pitrile vote haleko apaman bhayo chor lutera

  4. नरेन्द्र कुमार श्रेष्ठ Avatar
    नरेन्द्र कुमार श्रेष्ठ

    संसदको मियो सभामुखले नै संसदको मर्यादा नराखेपछि सबै माननीयहरूको मर्यादा स्पष्टै देखिन्छ नि।

Leave a Reply

Your email address will not be published. Required fields are marked *