गृहमन्त्री लामिछानेले भने- एक पटक बोल्न पाउनुपर्‍यो, मागेको त्यत्ति हो

फाइल फोटो

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले प्रतिनिधि सभाको बैठकमा एक पटक बोल्न पाउनुपर्ने बताएका छन्।

कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने अडान राख्दै सदन अवरोध गर्ने अडान कायमै राखेपछि उनले यस्तो बताएका हुन्।

उनले फेसबुकमा लेखेका छन्- एक पटक बोल्न पाउनुपर्‍यो। त्यत्ति हो मागेको। यति घिन लाग्दो, मिडिया ट्रायल ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डदेखि सभामुख देवराज घिमिरेले सदनको गतिरोध हटाउन प्रयास गरे पनि सहमति बन्न सकेको छैन।

Comments

One response to “गृहमन्त्री लामिछानेले भने- एक पटक बोल्न पाउनुपर्‍यो, मागेको त्यत्ति हो”

  1. प्रकाश श्रेष्ठ Avatar
    प्रकाश श्रेष्ठ

    हिजो दुनियाँमाथी जथाभावी एक पछिए मिडिया ट्रायल गरेर नेता भएका होइनौ र ? अहिले आँफैलाई परेपछि ओठमुख सुके होईन??? शिरमाथि गिरिबन्धु ओलीको हात हुन्जेल न आत्तेऊ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *