काठमाडौं । सरकारको नीति तथा कार्यक्रम संघीय सदनको संयुक्त बैठकमा पेस भइरहँदा सत्तारूढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी भएनन् ।
सरकारको नीति तथा कार्यक्रम अहिले राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरिरहेका छन् । तर, स्वास्थ्यमा समस्या देखिएपछि ओली बैठकमा नआएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।
रुघा खोकीले सताएपछि आज ओली कुनै सार्वजनिक कार्यक्रममा सहभागी भएनन् ।
यस्तै अनेरास्ववियुले आयोजना गरेको विद्यार्थी महोत्सवको पूर्व निर्धारित कार्यक्रममा पनि उनी सहभागी भएनन् ।

Leave a Reply