५ लाख भूमिहीनलाई जग्गा दिने सरकारको घोषणा

काठमाडौं । सरकारले देशभरका ५ लाख भूमिहीनहरूलाई जग्गा उपलब्ध गराउने घोषणा गरेको छ ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‍को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रश्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । ५ लाख भूमिहीनलाई आवास सुनिश्चित गर्नेगरी सरकारले काम गर्ने उनले बताए ।

सरकारले घोषणा गर्दै आएको भू-उपयोग सम्बन्धी नीति बनाउने, तीनै तहका सरकारबीच सहकार्य बढाउँदै भूमिबाट अधिकतम लाभ लिने गरी काम गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । ३ लाख हेक्टर कृषियोग्य जमिनमा सिंचाइ सुविधा पुर्‍याउनेदेखि राष्ट्रिय गौरवका सिंचाइ परियोजना निर्माणमा पनि जोड दिइएको छ ।

सरकारले मालपोत र नापीसम्बन्धी आधारभूत सेवा स्थानीय तहबाटै एकीकृत रूपमा अनलाइनमार्फत प्राप्त हुने व्यवस्था मिलाइने बताउनु भयो । घरजग्गा कारोबारलाई व्यवस्थित गर्न तथा मूल्यांकन प्रणालीलाई वैज्ञानिक बनाउन कानुनी तथा संरचनागत सुधार गरिने पनि उनले बताए ।

Comments

One response to “५ लाख भूमिहीनलाई जग्गा दिने सरकारको घोषणा”

  1. LALEEK Avatar
    LALEEK

    ठीक छ, सुकुम्बासीहरूलाइ जग्गा दिने कुरा तर ५,५ राेपनी वा ५,५ बिगाहा दिने हाे, जस्काे जुन जुन जिल्लामा नागरिकता बनेकाे छ साेही जिल्लामा दिने, सुखि भएर दिने न कि काठमाडाैं उपत्यकाका खाेला किनार, बगर, एलानी जग्गामा दिन, साेचनीय बिषय छ, सवैकाे चेतना भया ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *