माधव नेपालको विकल्प खोज्ने असफल प्रयास र पात्रहरूबारे

नेकपा एकीकृत समाजवादीको दशौं महाधिवेशन असार १६ देखि २० गतेसम्म काठमाडौंमा सम्पन्न हुँदैछ । यसक्रममा भोलि मंगलबारदेखि केन्द्रीय कमिटीको बैठक बस्दैछ । पार्टी गठन भएको तीन वर्ष पूरा हुन तीन महिना बाँकी हुँदा यसको केन्द्रीय कमिटीको आठौं बैठक शुरु हुँदैछ । यसअघि सचिवालयको ८० भन्दा बढी बैठक बसिसकेको छ । स्थायी कमिटीकाे १७ र पोलिट्व्युरोको चार पटक बैठक बस्यो । एमालेका जहाँ जहाँ र जस्ता जस्ता संरचना थिए, ती ती ठाउँमा त्यस्तै त्यस्तै संरचना बनाएर पनि उनीहरु आआफ्ना काम गतिविधिमा तल्लीन छन् । यसरी असारमा महाधिवेशन हुँदैछ ।

महाधिवेशनअघि समीक्षाको विषय बनेको छ कि नेकपा एकीकृत समाजवादी कस्तो पार्टी बनिरहेको छ ? यसले मुलुकको राजनीतिक गतिविधि, जनजीवन र विविध क्षेत्रमा के कस्तो प्रभाव पार्‍यो या पारेन ? यी कोणबाट पनि चर्चा हुन थालेका छन् ।

उक्त पार्टी निर्माणपूर्व एमालेबाट गरिएको विद्रोहका दुई चरण थिए । एउटा, २०७७ पुस ५ देखि चैत ४-५ गतेसम्मको चरण । अर्को हो, २०७८ भदौमा पार्टी गठनका निम्ति निर्वाचन आयोगमा पुगेको चरण । पहिलो चरणमा एमाले करिब आधा-आधाका हिसाबले विभक्त भयो । चैत ४-५ मा ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सम्पन्न माधव नेपाल समूहको राष्ट्रिय भेलालाई हेर्दा ओलीको एमाले ‘खोज्नुपर्ने’ स्थितिमा थियो । तर, त्यसपछि विभाजनमा जाने कि नजाने ? एमालेमै ‘मिलेर’ बस्ने, त्यही लड्ने जस्ता धार विकास हुँदै गए ।

चैतको राष्ट्रिय भेलाबाट पार्टी विभाजन नगर्नुको गल्तीले त्यसपछिका पाँच महिनासम्म माधव नेपालको हातमा क्षति नै क्षति आइलागे । ओलीसँग वार्ता गर्न पठाइएका विश्वासपात्रले माधवलाई बागमतीको तिरमा लगेर छाडिदिए, अनि ओलीसँगै मिलिदिए । त्यसो गर्दा चैतसम्म टिकेको पंक्ति आधाका दरले उनको समूहबाट तितरबितर भयो । जति जनाको भए पनि पार्टी बनाउने संकल्प गरेपछि भदौमा माधवसँग देशभरिका करिब डेढदुई लाख एमालेले साथ दिएका थिए ।

चैत ४-५ मा ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सम्पन्न माधव नेपाल समूहको राष्ट्रिय भेलालाई हेर्दा ओलीको एमाले ‘खोज्नुपर्ने’ स्थितिमा थियो । तर, त्यसपछि विभाजनमा जाने कि नजाने ? एमालेमै ‘मिलेर’ बस्ने, त्यही लड्ने जस्ता धार विकास हुँदै गए ।

२०७८ को असारसम्म एमालेसँग देशभरिमा ६ लाख संगठित सदस्य थिए । एमालेको संगठित सदस्यताको विवरण अद्यावधिक गरिने सफ्टवेयर, जो एमालेमा हुँदै माधव नेपाल समूहको समेत पहुँचमा थियो । उक्त विवरण अहिले पनि सुरक्षित छन् । यद्यपि, एमालेले २०७८ असोजमा आठ लाख संगठित सदस्य दाबी गरेको थियो । उक्त दाबी कार्यकर्तामा विभाजनले निराशा नल्याओस् भन्न पनि गरिएको हुनुपर्छ । तर, विभाजन हुँदाका दिनसम्म एमालेसँग ६ लाखभन्दा बढी संगठित सदस्य थिएनन् ।

अहिले एकीकृत समाजवादीको महाधिवेशन तयारीका सिलसिलामा पुरानो सदस्यताको नवीकरणको दर करिब दुई लाख पुगिसकेको छ । एक लाख ५३ हजारभन्दा बढी नयाँ सदस्यता वितरण गरिएको विवरण केन्द्रीय कार्यालयमा आइपुगेको छ । पुरानो सदस्य भनेको एमाले हुँदैको हो । अर्थात्, एमालेको संगठित सदस्यता एकीकृत समाजवादीमा नवीकरण गर्नेको संख्या हो । र, नयाँ भनेका पार्टीमा विद्रोहपछि जोडिएका सदस्य हुन् । अर्थात्, तत्कालीन एमालेका ६ मध्ये २ लाख संगठित सदस्य र नयाँ पनि करिब त्यति नै गरी चार लाख सदस्यबीचबाट छानिने प्रतिनिधिसहित महाधिवेशन सम्पन्न हुँदैछ ।

हिजो दुई लाख सदस्यसहित गरिएको विद्रोहबाट पार्टी निर्माणको काम परिपक्व नहुँदै सम्पन्न भएका स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा यसले प्राप्त गरेको जनमत तीन लाखको हाराहारीमा थियो । प्रतिनिधिसभाको समानुपातिक प्रणालीतर्फ प्राप्त भएको दुई लाख ९८ हजार ३९१ मतलाई उक्त पार्टीको पक्षमा प्रकट भएको जनमत मान्ने हो भने विनासंगठन, विनाप्रचार प्राप्त भएको उक्त मतको मूल्य आजको मितिमा कुन रफ्तारमा बढेको होला ? अनुमान गर्न सकिन्छ ।

एमालेको विभाजनकै कारण उसको पुरानो जनमत खस्कियो । २०७४ को निर्वाचनमा एमालेले पाएको समानुपातिक मत ३१ लाख ७३ हजार ४९४ थियो । २०७९ को निर्वाचनमा उक्त मतमाथि क्षति पुग्दा २८ लाख ४५ हजार ६४१ मत पायो । अर्थात्, तीन लाख २७ हजार ८५३ मतको क्षति एमालेले व्यहोर्‍यो । निर्वाचनमा समानुपातिक मतलाई राजनीतिक दलको स्थिर मत मानिन्छ । अर्थात्, दलप्रति प्रतिबद्ध मतदाताको मत समानुपातिक मत हो भन्ने मान्यता राखिन्छ । यदि यो सत्य हो भने एकीकृत समाजवादीले एमालेको दुई लाखभन्दा बढी र तीन लाख हाराहारीको जनमत आफूतर्फ आकर्षित गरेको मान्न सकिन्छ ।

२०७८ को असारसम्म एमालेसँग देशभरिमा ६ लाख संगठित सदस्य थिए । एमालेको संगठित सदस्यताको विवरण अद्यावधिक गरिने सफ्टवेयर, जो एमालेमा हुँदै माधव नेपाल समूहको समेत पहुँचमा थियो । उक्त विवरण अहिले पनि सुरक्षित छन् । यद्यपि, एमालेले २०७८ असोजमा आठ लाख संगठित सदस्य दाबी गरेको थियो ।

त्यसैले एकीकृत समाजवादी आफैंमा कति ठूलो पार्टी बन्यो वा बन्दैछ भन्नुभन्दा पनि यसले एमालेलाई पुर्‍याउँदै गएको क्षतिको रफ्तार बढ्दो छ । यो पार्टी जति बलियो हुँदै जान्छ, जति सुदृढ हुँदै जान्छ, एमाले उति उति खस्किँदै गएको मान्नुपर्छ । आज एमालेका संगठनात्मक र राजनीतिक अभ्यास तहसनहस भइसकेका छन् । सबै कमिटी, संगठन र क्षेत्रमा विभाजनका कारण धेरै वा थोरै असर परेकै छन् । यति हुँदा पनि एमालेमा व्यक्तिवादी अहंकारवाद गलिसकेको छैन । एमालेमा बोल्नेहरुका मुख बन्द छन् । किनभने ‘बोल्यो कि पोल्यो’ को अवस्था, अर्थात् ‘भीम रावल’ बनिने खतरा छ ।

यसो भनेर सजिलो एकीकृत समाजवादीलाई पनि छैन । यो अनेक चुनौतीहरुको बीचमा उभिएको छ । अगाडिको यात्राका पाइला पाइलामा जोखिम छन् । एमालेबाट विद्रोह गरेर एकीकृत समाजवादी पार्टी गठन गर्ने दिनसम्म पुग्दा एमालेभित्र जे जे, जो जो र जस्ता जस्ता पात्र एवं प्रवृत्ति थिए, तीसहित पार्टी निर्माण भयो । यद्यपि, यसको मूल नेतृत्व माधवकुमार नेपाल हुन् । उनीसहितका केही नेतामात्र त्यस्ता छन्, जो पार्टी सञ्चालनमा संस्थागत पहलकदमी, सामूहिक नेतृत्व र विधि अधिनस्थ व्यवस्थाका पक्षमा छन् । आशाको एउटा त्यही त्यान्द्रो बलशाली हुँदै जाँदा आजसम्म उक्त पार्टी एउटा पहिचानसहित उभिएको छ ।

एमालेलाई बिगारेको र सिध्याउने दिशातिर लगेको सबैभन्दा घातक कुरा थियो, गुट । त्यस्तो अभ्यास एकीकृत समाजवादीमा दिनरातै चलिरहेको छ । तर, गुटवादीको ‘दाल गल्ने’ स्थिति छैन । किनभने, यो माधवकुमार नेपाल नेतृत्वको विद्रोह हो भनेर लाग्ने मान्छेहरुको वर्चस्व छ । माधव एकीकृत समाजवादीका निर्विकल्प नेता हुन् । उनको विकल्पमा उभ्याउन खोजिने पात्र, कार्यक्रम र कार्यदिशा एकपछि अर्को गर्दै असफल भइरहेका छन् । फेरि पनि त्यस्ता केही कुरा आए भने माधवको प्रतिकूलमा उक्त पार्टीभित्र केही पनि हुनेवाला छैन । न पार्टी फुट्छ न त माधवले हार्छन् ।

एकीकृत समाजवादी आफैंमा कति ठूलो पार्टी बन्यो वा बन्दैछ भन्नुभन्दा पनि यसले एमालेलाई पुर्‍याउँदै गएको क्षतिको रफ्तार बढ्दो छ । यो पार्टी जति बलियो हुँदै जान्छ, जति सुदृढ हुँदै जान्छ, एमाले उति उति खस्किँदै गएको मान्नुपर्छ । आज एमालेका संगठनात्मक र राजनीतिक अभ्यास तहसनहस भइसकेका छन् ।

यसर्थ, नेकपा एकीकृत समाजवादी राजनीतिक दलका रुपमा अझै संस्थागत हुन, संरचनागत दृष्टिले वा फैलावटका हिसाबले अझै झाँगिन केही समय लाग्छ । किनभने एमालेलाई बिगार्ने जे जे ‘चिज’ हरु थिए, एकीकृत समाजवादीभित्र ती ‘चिज’ पनि घुसेका छन् । त्यहाँ एउटा भाँडोमा चिया पाकिरहेको छ । चिनीको त चरित्र नै गल्ने हो, गलिसक्यो । चियापत्ती र अन्य मसलाका छोक्रा बाँकी छन् । छान्दाछान्दै पनि विभिन्न प्वालबाट छिरेका छन् । तिनलाई अझै छान्दै जानुपर्नेछ । ती कति छानिन्छन्, चिया कति सङ्लिन्छ भन्ने कुरा नै सबैभन्दा चुनौतीपूर्ण हो ।

केही ‘छोक्राहरु’ छन्, तिनले माधव नेपाललाई जिस्क्याइरहेको देखिन्छ । उनीहरु चलिरहेको संगठनमा एकाएक गुट छिराइदिन्छन् । महाधिवेशनमा फलानोलाई प्रतिनिधि ल्याउनु भनेर काठमाडौंबाट चिर्कटो फ्याँक्दैछन् । यसरी उनीहरु माधव पक्षीय र अर्को कुनै पक्षीय नाममा जबरजस्त कित्ताबन्दी गरिदिन्छन् । त्यसो गरिँदा केही जनसंगठन अस्तव्यस्त पनि छन् । यो विद्रोहबाट निर्माण हुँदै गएको एउटा राजनीतिक दल हो । छोक्राहरु पन्छाउने थुप्रै तरिका हुँदाहुँदै पनि राजनीतिक तरिकाले नै सबैथोक गरौं भनिएका कारण सङ्लो चिया पिउन ढिलो भएको छ । सायद अब धेरै ढिलो नहोला ।

अब यो चुनौतीलाई पार लगाउन घनश्याम भुसालहरु कस्सिएका छन् । एकीकृत समाजवादीभित्र ‘घनश्यामहरु’ जसले पार्टीमा माधवको अभिभावकत्वबाट पुस्तान्तरण, रुपान्तरण र सुदृढ आन्दोलनको निर्माणका वैचारिक, राजनीतिक तथा कार्यनीतिक मार्ग कोरिरहेका छन् । तिनै घनश्यामको वैचारिक जगमा आजको एमाले पनि चलिरहेको सत्य हो । उनले नवौं महाधिवेशनमा पेश गरेको राजनीतिक दस्तावेज पारित भयो । अर्थात्, एउटा नीति र अर्को नेतृत्व हुँदा एमालेको खुट्टा एक ठाउँमा भएन । माधव नेपाल पक्षको नीतिगत विजय, ओली पक्षको नेतृत्वगत विजय एमालेका निम्ति घातक बनेको थियो । फलतः त्यो एक दिन ध्वस्त हुने ठाउँमा पुग्यो । अब माधवको नेतृत्व र घनश्यामको नीति, अर्थात नवौं महाधिवेशनभन्दा उन्नत राजनीतिक, सांगठनिक कार्यक्रमसहित एकीकृत समाजवादी आउँदा यो मुलुकका सबै कम्युनिष्ट घटक चकित हुनेछन् ।

Comments

13 responses to “माधव नेपालको विकल्प खोज्ने असफल प्रयास र पात्रहरूबारे”

  1. प्रकाश ढकाल Avatar
    प्रकाश ढकाल

    मनको लड्ड घ्यु संग खाउ पत्रकार कमरेड

  2. Dhaka Ram Sapkota Avatar
    Dhaka Ram Sapkota

    यसले सपनामा लेखेको हो कि बिपनामा

  3. bharat kumar thapa Avatar

    जनताले समाजवादी भन्ने पार्टी छ र भने के भन्ने होला

  4. हेम राज Avatar
    हेम राज

    यस्ता तोरि लाहुरे लेख जुन हेडिङ्ग हेर्ने बित्तिकै थाहा हुन्छ, जुन गोरुको सिङ्ग छैन उसैको नाम तिखे भनेर । देश भरबाट ३ लाख भोट ल्याउन नसकेर राष्ट्रिय पार्टी हुनबाट थला परेको पार्टीको संगठित सदस्य संख्या ४ लाख रे । यस्तो पार्टीको बारेमा लेखिएको लेखमा कमेन्ट गरेर समयको बर्बादी गर्नु भन्दा चुपचाप बसेकै बेस ।

  5. Darshan Avatar
    Darshan

    MAKuNe ho hanuman विश्‍वमणि सुवेदी

  6. Yadu Kumar Avatar
    Yadu Kumar

    यस्ता राम्रा लेख पनि आउन थालेछन् ‘नेपाल प्रेस’मा-हाँस्ने कि रुने …

  7. Shiva paudel Avatar
    Shiva paudel

    एकदम मनगणन्ते।बिश्वदीप माकुनेको …..हो भन्ने पुष्टि।

  8. bharat kumar thapa Avatar

    घनश्याम र माधवकुमार नेपाल कम्युनिस्ट हैटं किन कान र आखा यति सुन्ने र देख्ने भएका लाज पनि लजायो कठै कलि। कोही कल्बमा कोही दुतावासमा रे

  9. रबि Avatar
    रबि

    के खाएर लेख्छन हौ यस्ता??

  10. डा. शमोला भुसाल Avatar
    डा. शमोला भुसाल

    यस्ता पत्रु लेख पनि आउन थालेछन् नेपाल प्रेसमा! पूर्व प्रधानमन्त्री सम्मानित नेताले हाँकेको चूनावि अभियानमा जम्मा ५०० पनि मत पाउन्न। अर्को कुरा घनश्याम भुसाल त त्रिभुज चूनाव चिन्ह लिएर संसदमा उम्मेदवार बनेका र हारेपछि एस भन्नेमा मनोनित भएका हुन्। अलिकति पाठकको समयको पनि इज्जत गर्न नेपाल प्रेसलाई अनुरोध छ। अब यो पार्टी रहिरहने सम्भावना निकै कम देखिन्छ। माधव र झलनाथ खनालले देशको प्रगतिशील आन्दोलनलाई धोखा दिएको पक्कै हो।

  11. Naran sharma Avatar
    Naran sharma

    मनको लड्डु घ्यू संग खादैछन कार्जेकर्ता हरू
    2084 को चुनाव मा एक्लै लडेर एक सिट जितेर देखाओ बल्ल हैसियत थाहा हुन्छ। ।

  12. एन बि चन्द Avatar
    एन बि चन्द

    आउदो चुनावमा यो पार्टी नै अस्ताउछ सिगंल सिगंल चुनाव लड्ने अवस्था आएमा 1 सिट पनि आउदैन अनि कसरी होला😜🤗

  13. केशव भण्डारी Avatar
    केशव भण्डारी

    गठबन्धन नभइदिएको भए त्यहि एउटा मकुनेको क्षेत्र बाहक अरु कुनै उम्मेदवारले जीत्ने सम्भावना थिएन । राष्ट्रिय पार्टी बन्न आवश्यक समानुपातिक तर्फको ३% मत प्राप्त गर्न नसकि थचारिन परेको छ । कुल मत ३नलाख कटाउन नसकेको पार्टीको सक्रिय सदस्य चाहिँ ४ लाख रे । 😄
    अनि माधव नेतृत्वको नेकपा एस झाँगिने, फूल्ने, फल्ने जस्ता उडन्ते दिवा सपना नदेखम कमरेड, वास्तविकता स्विकारौं, आउँदो चुनावमा एक्लै लडे हालत के हुन्छ भन्ने । तपाईं एस वालाहरुको हुने भनिएको अधिवेशन त्यो कुनै नीति र नेतृत्वका लागि हैन, केवल एमालेको बार्गेनिङ टुल्सका रुपमा प्रयोग गर्न मात्र हो किनभने एसको नेतृत्व वर्गलाई नै यो विश्वास छैन कि आगामी निर्वाचन सम्म यो पार्टी पार्टी भन्न लायक हुनेछ भन्ने । त्यो भन्दा कमसेकम एमाले सँग पहिला नै एकिकरणको प्रयास गरेर सम्मानजानक ल्याण्डिङ गर्ने ध्याउन्न मात्र हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *