प्रचण्डलाई युद्ध अपराधी भन्दै डा. केसीको २२ औं अनसन श्रृंखला शुरु, प्रधानमन्त्रीबाट राजीनामा माग

काठमाडौं । डा. गोविन्द केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै पशुपति मृगस्थलीमा आमरण अनसनमा बसेका छन् । आफ्नो अन्तिम अल्टिमेटमको अवधिमा पनि मागहरू सम्बोधन नभएको भन्दै ४ बजेदेखि २२ औं सत्याग्रह शुरु गरेका हुन् ।

डा. केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सशस्त्र द्वन्द्वकालमा मानवताविरोधी, घोर अपराध र युद्ध अपराधमा संलग्न प्रमुख नेताको हैसियतका कारण प्रचण्डको प्रधानमन्त्री पदबाट तुरुन्त राजीनामा । निष्पक्ष रुपमा र पीडितहरुले न्याय अनुभूत गर्ने गरी संक्रमणकालीन न्यायको प्रक्रिया टुंगोमा पुग्ने सुनिश्चित गरियोस्‌ ।’

उनले सबै नेपालीलाई गुणस्तरीय साथै निःशुल्क औषधोपचारको व्यवस्था गर्न माग गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘जनताको नाममा हामीसँग भएका शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार र सबैको समान पहुँचसम्बन्धी गेटामा तुरुन्त प्रतिष्ठान सञ्चालन गर्ने, गण्डकी र मधेश प्रदेश साथै इलाम, उदयपुर र डडेल्धुरामा मेडिकल कलेज र प्रतिष्ठान तुरुन्त निर्माण गर्न, विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी नियुक्ति मापदण्डसम्बन्धी उच्च शिक्षा ऐन र एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठानसम्बन्धी ऐन तुरुन्त पारित गर्नलगायत सबै सम्झौता कार्यान्वयन गर्न र कार्की आयोगले दोषी ठह¥याएका व्यक्तिहरूलाई कारबाही गर्न माग गरिन्छ ।’

विज्ञप्तिकाे पूर्ण विवरण

Comments

7 responses to “प्रचण्डलाई युद्ध अपराधी भन्दै डा. केसीको २२ औं अनसन श्रृंखला शुरु, प्रधानमन्त्रीबाट राजीनामा माग”

  1. RA Avatar
    RA

    Nepali Congress le yo pani use gare cha.

    Thukka NC RIP

  2. ksp pyl Avatar
    ksp pyl

    काँग्रेस र मेडिकल माफियाको डन यसले जे गरे पनि वास्तै नगर । लोकतन्त्र भन्दैमा माफियाको डनले भनेको मान्ने होईन बरू समातेर जेल कोचिदिउँ ।

  3. एक नेपाली Avatar
    एक नेपाली

    अनसन शिरोमणिले फेरि काम पाए छ।

    1. Skb Avatar
      Skb

      Jaya hos anasan kc.It is really cocern of every one.

  4. Skb Avatar
    Skb

    Jaya hos anasan kc.It is really cocern of every Nepalese

  5. Raj Avatar
    Raj

    पहिले त यो मान्छे अलि ठिक लाग्थ्यो। अहिले त ठिक लाग्न छोड्यो यो मान्छे।

  6. Madhav Ghimire Atal Avatar
    Madhav Ghimire Atal

    जब मान्छे आर्जेको आबरूबाट माटोमा धसिने गरी गिर्छ अनि……!!!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *