गगन थापा भन्छन्- कांग्रेसले सत्तातर्फ फर्केर हेरेको छैन, एमालेसँग मिल्दैनौं (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूहरु एमालेसँग मिलेर अहिले सरकार परिवर्तनको खेलमा नरहेको प्रष्टीकरण दिएका छन्।

पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकपछि सरकार निर्माणमा एमाले कांग्रेस मिल्ने सम्भावना नरहेको बताए।

उनले भने, ‘हामी कुनै पनि सरकार परिवर्तनको खेलमा छैनौं। आज पनि हामीले लामो छलफल गर्यौं कुनैपनि नेताहरुले भनिरहेको कुरालाई ठिक ढंगबाट व्यक्त गर्न सक्नुभएन होला। बुझाइ फरक पर्न गयो होला। हामी अहिले एमालेसँग मिलेर सरकार बनाउनुपर्छ कांग्रेस एमाले मिल्नुपर्छ भन्ने कुनै पक्षमा छैनौं। हामीलाई त्यतातिर कुनै चासो छैन अहिले।’

उनले एमालेसँग संविधान कार्यान्वयन निर्वाचन प्रणाली, संघीयता कार्यान्वयन लगायतको विषयमा छलफल हुनसक्ने बताए।

उनले भने, ‘यी दुई दल नमिले यो सम्भव हुँदैन। तर, हामीले सरकारको विषयमा एमालेसँग न कुनै छलफल गर्नुछ न कुनै साँठगाँठ गर्नुछ। हामीलाई सरकारमा जानु पनि छैन भत्काउनुपनि छैन।’

उनले अहिले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणको छानविन समिति बनाएपनि गृहमन्त्रीको राजीनामा नमाग्ने प्रष्ट पारे।

उनले थपे, हामीले अहिले समिति बनाएपछि गृहमन्त्रीको राजीनामा माग्छ त्यसपछि सरकार अल्पमतमा पर्छ भन्ने आँकलन सुरु भइसकेको छ। म प्रष्ट भन्छु हामी गृहमन्त्रीको राजीनामा माग्दैनौं। हामीले सरकारलाई अफ्ठ्यारो बनाउँदैनौं। छानविन समितिले आफ्नो काम गर्छ। हाम्रो दाबी छ गृहमन्त्री संलग्न हुनुहुन्छ। त्यसको निष्पक्ष छानविन हुनुपर्छ।

Comments

One response to “गगन थापा भन्छन्- कांग्रेसले सत्तातर्फ फर्केर हेरेको छैन, एमालेसँग मिल्दैनौं (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    माधव र उपेन्द्रलाई प्रधानमन्त्रीको ललिपप देखाएको चाहिँ कुन खेल अन्तर्गत हो ? सत्ताको खेल होईन ? वाहपयात कुरा गर्ने ? यो मान्छेलाई अब काठमाडौ ४ बाट जमानत जफत गराउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *