बन्दना राणालाई यूएन सिडको उम्मेदवारी प्रचारप्रसार गर्न सरकारले दियो १४ लाख

काठमाडौं । संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा महिलाविरुद्ध हुने हिंसा उन्मूलनका लागि कार्यरत समिति (सिड)मा नेपालको तर्फबाट उम्मेदवारी दिएकी बन्दना राणालाई प्रचारप्रसार गर्न सरकारले १४ लाख रुपैयाँ सहयोग दिएको छ ।

रकमान्तर गरेर परराष्ट्र मन्त्रालयमार्फत उनलाई सो रकम उपलब्ध गराइएको हो । गत साउन २३ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार उनलाई सो रकम उपलब्ध गराइएको अर्थ मन्त्रालयले जनाएको छ । चुनाव आगामी जुन ७ मा हुँदैछ ।

महिलाविरुद्ध हुने सबैखाले हिंसा उन्मूलनसम्बन्धी सन्धिमा हस्ताक्षर गर्ने पक्ष राष्ट्रका प्रतिनिधिहरूले यसअघि पनि उनलाई कमिटीको प्रतिनिधिमा चुनेका थिए । राणा सिड कमिटीमा चयन हुने पहिलो नेपाली सदस्य पनि हुन् ।

Comments

One response to “बन्दना राणालाई यूएन सिडको उम्मेदवारी प्रचारप्रसार गर्न सरकारले दियो १४ लाख”

  1. Samir Avatar
    Samir

    ऊनी आफैं खर्च गर्न सक्षम महिला हुन! सरकारी बजेटको दुरुपयोग हो यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *