जनकपुरधाम । सप्तरीमा एक सुरक्षा गार्डको हत्या भएको छ । सप्तकोसी नगरपालिका-१ फत्तेपुरस्थित नेपाल बैंक लिमिटेडका सुरक्षा गार्ड पर्शुराम फुयाँलको हत्या भएको प्रहरीले जनाएको छ ।
सप्तरी प्रहरीका प्रवक्ता डीएसपी ढुन्डीराज नेउपानेका अनुसार उनको बुधबार राति खुकुरी प्रहार गरी हत्या भएको पाइएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Leave a Reply