तीन दिनसम्म सबै पार्टी कार्यालयमा झन्डा आधा झुकाउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेस तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयहरूमा झन्डा आधा झुकाउने निर्णय गरेको छ।

पूर्व केन्द्रीय सदस्य, संविधान सभा सदस्य एवं पूर्व मन्त्री सूर्यमान गुरुङको निधनपछि बसेको आकस्मिक बैठकले वैशाख २७, २८ र २९ गते पार्टी कार्यालयको झण्डा झुकाउने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

उनका अनुसार शुक्रवारका केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द गर्ने र स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने र स्वर्गारोहणको १३ औँ दिनमा सम्बन्धित जिल्लामा शोक सभाको आयोजना गर्ने निर्णय भएको छ।

पूर्वमन्त्री समेत रहेका गुरुङको वैशाख २५ गते बिहान काठमाडौं ज्ञानेश्वर स्थित हिमाल अस्पतालमा उपचारका क्रममा भएको निधन भएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *