काठमाडौं । प्रहरीले वीरगन्जबाट हुन्डी कारोबारीको आशंकामा झन्डै १३ लाख रुपैयाँ नगदसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-२२ का २८ वर्षीय रविकुमार पटेल रहेका छन् ।
वीरगन्जबाट परवानीपुरतर्फ प्रदेश २-०३-०१० प ६७१९ नम्बरको मोटरसाइकलमा गइरहेका पटेललाई प्रहरीले नियन्त्रणमा लिएर जाँच गरेको थियो ।
उनले भिरेको झोलामा उक्त रकम बरामद भएको प्रहरीको दाबी छ ।

Leave a Reply