कांग्रेसलाई रविको जवाफ- अदालतबाटै भ्रष्टाचारी ठहर भएका व्यक्ति संसदमा छन् (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफूविरुद्ध कुनै उजुरीसमेत नपरेको संसदीय छानबिन समिति बनाउन तयार नभएको बताएका छन् ।

उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेले सभामुख देवराज घिमिरेले संसदको गतिरोध हटाउन राखेको बैठकपछि बोल्दै अदालतले भ्रष्टाचार गरेको प्रमाणित भएका व्यक्ति सदनमा ल्याउन पार्टीले आफूविरुद्ध प्रश्न उठाएको टिप्पणी गरे ।

उनले भने, ‘अदालतले भ्रष्टाचार गरेको प्रमाणित गरेको मान्छे सदनमा आउने अनि कुनै उजुरी नै नपरेको मान्छेको नाममा समिति बनाउनुपर्ने यही हो नजिर ।’

उनले कतै उजुरी नै नपरेको विषयमा छानबिन समिति बनाउने नजिर बसाल्ने भए समिति गठनमा आफू तयार रहेको बताए ।

उनले थपे, ‘ममाथि प्रश्न उठेपछि मैलै महान्यायाधिवक्ता कार्यालयलाई सोधे, त्यहाँबाट पत्र प्राप्त भएको छ कुनै मुद्दा नचलेको, बयानमा पनि नबोलेको कुरा आएको छ । त्यसैले कहीँ कतै समिति बनाउने आधार हुनुपर्यो नि पहिला । त्यो आधार नभइसकेपछि त्यो नजिर बनाउन तयार हो भने समिति बनाउन म तयार छु, आज म मन्त्री छु भोलि अर्को मन्त्री हुन्छ एउटा पत्र लिएर जाँदैमा संसदमा हंगामा मच्याउने, सांसद नै मन्त्री प्रधानमन्त्री हुने हो। सांसद नै हुने हैसियता गुमाइसकेको हो त कुनै उजुरी ? जुन कतै मुद्दा पनि दर्ता भएको छैन । त्यो नजिर स्थापना गर्ने भए त सहमति गर्ने कुरा भनिरहेकै छु । आफूले अफर गरेको कुरा मान्यो भने त्यो भन्दा माथिको पदको लागि पनि तयार हुने, नमानेपछि अर्को कुरा गर्ने यहाँ पनि प्रश्न आयो नि ।’

 

 

Comments

One response to “कांग्रेसलाई रविको जवाफ- अदालतबाटै भ्रष्टाचारी ठहर भएका व्यक्ति संसदमा छन् (भिडिओ)”

  1. Lekh Nath Paudel Avatar
    Lekh Nath Paudel

    गृहमन्त्रीको पावर कहिले प्रयोग गर्ने रबि जी ? प्रधानमन्त्री भएपछी की ? स्वर्गमा गए पछी ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *