उपेन्द्रसँग छुट्टिएको अशोक नेतृत्वको जसपाको निर्णय- प्रचण्ड सरकारकै निरन्तरता

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट विभाजित भएर निर्वाचन आयोगले आधिकारिकता दिए लगत्तै बसेको संसदीय दलको बैठकले प्रचण्ड नेतृत्वको सरकारकै समर्थनमा उभिएको हो।

जसपाका महासचिव मोहम्मद इस्तियाक राईले निकालेको विज्ञप्ति भनिएको छ, जसपाको केन्द्रीय अध्यक्ष अशोक राईको अध्यक्षतामा बसेको संसदीय दलको बैठकको निर्णय अनुसार पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई समर्थन निरन्तर जारी राख्ने निर्णय भएको ब्यहोरा जानकारीको लागि अनुरोध गर्दछु।

निर्वाचन आयोगबाट दर्ता प्रमाणपत्र लिएपछि संघीय संसद् सचिवालय समेत विधिवत् रूपमा दल दर्ता गर्ने काम सम्पन्न भएको ब्यहोरा जानकारी गराइसकेको विज्ञप्तिमा उल्लेख छ। उपेन्द्र नेतृत्वको जसपा नेपालबाट विभाजित जसपामा ७ सांसद छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *