परपुरुषसँग होटलमा बस्न गएकी विवाहित युवती गोङ्गबुमा मृत फेला, युवक पक्राउ

काठमाडौं। काठमाडौंको गोङ्गबुस्थित एक होटलमा युवती मृत फेला परेकी छिन्। ३१ वर्षीया कल्पना भण्डारी होटल कोठाको बाथरुममा झुन्डिएको अवस्थामा शुक्रवार राती फेला परेको प्रहरीले जनाएको छ।

राती ११ बजे युवतीलाई अस्पताल पुर्‍याइएपछि चिकित्सकले मृत घोषणा गरेका थिए। बाथरुमको ढोका नखुलेपछि युवतीसँग बसेका युवक र होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए।

मोरङको लेटाङ स्थायी घर भएकी कल्पना विवाहित हुन्। उनी चन्द्रागिरि नगरपालिका-१५ का अनित कार्कीसँग त्यही साँझ बस्न पुगेकी थिइन्। कार्की अविवाहित हुन्। भण्डारीका श्रीमान् वैदेशिक रोजगारीका लागि खाडीमा छन्। प्रहरीले कार्कीलाई पक्राउ गरेको छ।

उनले मृतक कल्पनासँग केही महिनायता सम्बन्धमा रहेको बताएका छन्। कल्पना बच्चासहित बाँसबारीमा बस्दै आएकी थिइन्। पक्राउ परेका अनितविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी परेको छ।

कार्कीले सामान्य विवादपछि भण्डारी बाथरुम छिरेको प्रारम्भिक बयान दिएका छन्। पोस्टमार्टमको रिपोर्ट आएपछि थप भन्न सकिने महानगरीय प्रहरी वृत्त महाराजगन्जका एक अधिकृतले बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *