ओलीको निर्देशन बमोजिम एमाले पश्चिम नवलपरासी सर्वसम्मत, पदाधिकारीमा पुरानै अनुहारको निरन्तरता

रुपन्देही । नेकपा एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशनबाट दिपेन्द्र अधिकारी निर्विरोध भएका छन् । शुक्रबारदेखि सुरु भएको अधिवेशनमा उनीसहित ३ जना अध्यक्षको उम्मेदवारी दर्ता भएपनि नेताहरूले सहमतिमा नेतृत्व टुंगो लगाएका हुन् । अधिकारी निवर्तमान अध्यक्ष हुन् । एमाले नेता वैजनाथ चोधरीले सबै नेताहरूको सहमतिमा पदाधिकारी सर्वसम्मत बनाइएको नेपाल प्रेसलाई बताए । यद्यपि यसलाई निर्वाचन समितिले घोषणा गरेको छैन । पदाधिकारीमम सहमति गरेपनि सदस्यहरूको टुंगो नलागेकाले ढिलाइ भएको नेता चौधरीले जनाए ।

४२७ जना प्रतिनिधि रहेको जिल्लामा नयाँ नेतृत्वका लागि निवर्तमान अध्यक्ष दिपेन्द्र अधिकारी, उपाध्यक्ष डोलराज भण्डारी, सचिव धिरज बस्यालले अध्यक्ष मा उम्मेदवारी दिएका थिए । तर नेताहरूको सहमतिमा उनीहरूलाई सहमति बनाएर उपाध्यक्षमा डोलराज भण्डारी, सचिवमा धिरज शर्मा, उपसचिवमा राजन आचार्य र रिंगला यादवले जिम्मेवारी पाउने भएका छन् ।

उनीहरू निवर्तमान कार्यकालमा पनि सोही जिम्मेवारीमा रहेका थिए । सहमतिका लागि एमाले सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्याल, पोलिटब्यूरो सदस्य तथा जिल्ला इन्चार्ज बलराम अधिकारी, प्रदेश अध्यक्ष राधाकृष्ण कंडेल, नेताहरू चेतनारायण आचार्य, भूमिश्वर ढकाल, वैजनाथ चौधरीले सहमति बनाएका हुन् ।

शुक्रबार अधिवेशन उद्घाटन गर्दै एमाले अध्यक्ष केपी शर्माले पार्टीविरूद्व चौतर्फि घेराबन्दी भएकोले नेतृत्व सर्वसम्मत बनाउन निर्देशन गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *