काठमाडौं । वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालका अनिल साहले पनि अर्धशतक पूरा गरेका छन् ।
उनले ४१ बलमा ३ छक्का र ४ चौकाको मद्दतमा ५० रन पूरा गरेका हुन् ।
वेस्ट इन्डिज ‘ए’ले दिएको १७३ रनको लक्ष्य पहिल्याइरहेको नेपालका लागि अनिलअघि आशिफ शेखले अर्धशतक पूरा गरेका थिए । आशिफ ३३ बलमा ५ छक्का र २ चौका प्रहार गरेर ५१ रन बनाएर आउट भएका थिए ।
१६ ओभरमा नेपालले दुई विकेटको क्षतिमा १३७ रन जोडेको छ ।

Leave a Reply