कैलाली । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री दीर्घबहादुर सोडरीले विश्वासको मत लिने तयारी आजलाई स्थगित भएको छ ।
आज ५ बजे विश्वासको मत लिने गरी प्रदेशसभा बैठक आह्वान गरिएको थियो । तर एमालेले आवश्यक तयारी नभएको भन्दै आज विश्वासको मत नदिने बताएको थियो ।
एमालेले आज विश्वासको मत नदिने बताएपछि आजको लागी आह्वान गरिएको बैठक बस्दै नबसी स्थगित गरिएको छ ।
भोलि साँझ ५:५० बजे अर्को बैठक आह्वान गरिएको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए

Leave a Reply