परीक्षा दिएर फर्किरहेकी छात्रामाथि दमकमा गोली प्रहार, अवस्था गम्भीर

विराटनगर । झापाको दमकमा कक्षा १२ को परीक्षा दिएर फर्किँदै गरेकी छात्रामाथि गोली प्रहार भएको छ । उनको अवस्था गम्भीर छ ।

इलाका प्रहरी कार्यालय दमकका अनुसार हिमालय माद्यामिक विद्यालयमा अध्ययनरत उदयपुरकी एनिका अधिकारीमाथि गोली प्रहार भएको हो । उनी दमकमा डेरा गरी बसेर बढ्दै आएकी थिइन् । अधिकारीलाई सिरहाका अमितकुमार यादवले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

कक्षा १२ को परीक्षा दिएर घर फर्किँदै गर्दा एलिनालाई बाटो ढुकेर गोली हानेको प्रहरीले जनाएको छ । उनलाई दमक ५ ज्येष्ठ नागरिक प्रतिष्ठान अगाडि गोली हानिएको हो । गोली हान्नुको कारण र गोली हान्ने व्यक्तिको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

घाइते अधिकारीको लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको छ ।

Comments

2 responses to “परीक्षा दिएर फर्किरहेकी छात्रामाथि दमकमा गोली प्रहार, अवस्था गम्भीर”

  1. D. B lwagun Avatar
    D. B lwagun

    नेपाल का स्कुल कलेज का बिद्यार्थी समेत गोलि को शिकार बन्ने इस्थिती ले नेपाल को
    सुरक्षा प्रणाली माथि को चुनौती साथै वर्तमान गृह प्रशासन प्रति प्रश्न चिन्न खडा हुनू हो दोषी माथि कडा कारबाही होस सुरक्षा संयन्त्र चुस्त दुरुस्त पार्न वर्तमान सरकार लाई हार्दीक अपिल गर्द छु।

  2. D. B lwagun Avatar
    D. B lwagun

    विद्यार्थी नै असुरक्षित मुलुक को सुरक्षा व्यवस्था कति नाजुक छ गोलि प्रहार गर्ने अपराधी लाई यति समय बितिसक्दा पनि पक्राउ परेको खबर सुन्न मा न आएको ले नेपाल प्रहरी अनुसन्धान ब्युरो चनाखो हुन अनुरोध गर्दछु साथै गृह प्रशाशन अति नै शंबेदनशील हुनू पर्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *