‘बोक्सी’ केकीको स्टारडमले चल्यो कि स्क्रिप्टले ? दीपकराजलाई भाष्करले दिए जवाफ

काठमाडौं । फिल्म चल्नलाई स्टार महत्त्वपूर्ण हो या स्क्रिप्ट ? अहिले सामाजिक सञ्जालमा छेडिएको बहस हो यो ।

निर्माता तथा कलाकार दीपकराज गिरीले ‘बोक्सीको घर’ को उदाहरण दिएर फिल्म स्टारले होइन स्क्रिप्टले चल्ने तर्क गरेका थिए ।

दीपकको स्टाटस थियो, ‘पोस्टरमा एक नायिका मात्रै छ, तर फिल्मको ओपनिङ मल्टिस्टार फिल्मभन्दा बलियो छ । त्यसैले स्टारमा होइन स्क्रिप्टमा लगानी गरौँ ।’

दीपकको कमेन्ट बक्समा आएर केकीले धन्यवाद पनि दिइन् । तर, कतिपयलाई उनको तर्क चित्त बुझेन । फिल्म प्रदर्शक भास्कर ढुंगानाले त सामाजिक सञ्जालबाटै जवाफ दिएका छन् । दीपकको नाम नलिईकन भास्करले केकीलाई कम आँकेकोमा उनको आलोचना गरेका छन् ।

ढुंगाना लेख्छन्, ‘…स्टारमा होइन, स्क्रिप्टमा लगानी गरौँ । अरे यार, केकी अधिकारी स्टार होइनन् ? एउटा पुरुष अलिकति कपाल कोरेर झूर अभिनय गरेर एउटा फ्लप फिलिममा खेल्दा स्टार बन्न सक्ने, तर केकीले कति वटा फिल्म खेलेपछि स्टारको उपाधि पाउने ? समस्या त्यहीँ होइन र ? कि हामीले बोक्सीको घर केकीको स्टारडमले चलेको होला भन्ने कुरा स्वीकार गर्न नसकेको ?’

हुन पनि बोक्सीको घरमा चिनिएको कलाकार एकजना केकी मात्रै छिन् । फिल्मले पहिलो दिनबाटै चकाचक व्यापार गरिरहेको छ । फिल्मको इनिसियल राम्रो हुनुमा ‘बुझिन मैले…’ गीतको पनि ठूलो हात रह्यो । यो गीतमा गरेको नृत्य र अभिनयबाटै केकीले प्रशंसा प्रशंसा कमाइसकेकी थिइन् ।

फिल्म रिलिज भएपछि उनी थप प्रशंसित बनिरहेकी छन् । चलचित्र हिट हुनुको सबैभन्दा ठूलो श्रेय उनैले पाउनेछिन् । यद्यपि, स्क्रिप्ट कमजोर थियो भने केही दिनमै दर्शक सुक्न पनि सक्थे ।

Comments

2 responses to “‘बोक्सी’ केकीको स्टारडमले चल्यो कि स्क्रिप्टले ? दीपकराजलाई भाष्करले दिए जवाफ”

  1. संजय थापा Avatar
    संजय थापा

    माग्दै हिड्ने जोगीलाई के थाह घरव्यवाहार चलाउन घरमुलि को के कस्तो भुमिका हुन्छ भनेर।।। कसो पुरुष स्टार कलाकार दिपक ज्यू

  2. ganesh puri Avatar
    ganesh puri

    i love केकी बहिनी beautiful acting 😘

Leave a Reply

Your email address will not be published. Required fields are marked *