काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल (एपीएफ) का १६ नायब महानिरीक्षक (डीआईजी) को सरुवा गरेको छ ।
सरुवामा बाहिनी पतिहरू परेका छन् । जसअनुसार नम्बर एक बराह बाहिनी सुनसरीमा शम्भु सुवेदी, नम्बर २ छिन्नमस्ता बाहिनी महोत्तरीमा कालीदास धौबजी, नेपाल नम्बर ३ गढीमाई बाहिनी, मकवानपुरमा गणेशबहादुर ठाडामगर पुगेका छन् ।
यस्तै नम्बर ७ बैद्यनाथ बाहिनी कैलालीमा दीपक अधिकारीलाई पठाइएको छ । नम्बर ६ महेश्वरी बाहिनी सुर्खेतमा दुर्गाप्रसाद भट्टराई, नम्बर ४ मुक्तिनाथ बाहिनी कास्कीमा कुलबहादुर नेम्वाङ र नम्बर ५ विन्ध्यवासिनी बाहिनी रुपन्देहीमा अभिकुमार खत्रीले जिम्मेवारी पाएका छन् ।
९ नम्बर पशुपतिनाथ बाहिनी काठमाडौंमा किशोर प्रधानलाई पठाइएको छ ।

Leave a Reply