रूपन्देही । नेकपा एमाले बर्दियाको नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता भएको छ ।
मंगलबार सुरू भएको १० औं अधिवेशनका बन्द सत्रपछि बुधबार नयाँ नेतृत्वको लागि उम्मेदवारी दर्ता भएको हो । नयाँ नेतृत्वको लागि अहिलेका निवर्तमान अध्यक्ष लालबहादुर श्रेष्ठ र उपाध्यक्ष शालिकराम अधिकारीको नेतृत्वमा अलग अलग प्यानल बनेको छ ।
श्रेष्ठको प्यानलबाट उपाध्यक्षमा कृष्णप्रसाद गौतम, सचिवमा नैनबहादुर खत्री उपसचिव लहानु थारू, मन्जु शर्माले उम्मेदवारी दर्ता गरेका छन् भने अधिकारी प्यानलबाट उपाध्यक्षमा दुर्गाबहादुर वली सचिवमा पदम ढकाल, उपसचिवमा जीवन शाही, नारायणी शर्माले मनोनयन दर्ता गराएका छन् ।
एमालेका महासचिव शंकर पोखरेलले मंगलबार अधिवेशन उद्घाटन गरेका थिए ।

Leave a Reply