‘सिधा कुरा’ को सामग्रीसँग सम्बन्धित समाचार प्रकाशन र शेयर नगर्न सर्वोच्चको फरमान

काठमाडौं । सर्वोच्च अदालतले ‘सिधा कुरा डटकम’ को विवादित सामग्रीसँग सम्बन्धित समाचार पुन: प्रकाशन, प्रसारण तथा शेयर नगर्न सूचनामार्फत् आदेश गरेको छ । सर्वोच्चको सिधा कुराको श्रव्यदृष्य सामग्री २४ घण्टाभित्र हटाउन गरेको आदेशले प्रेस स्वतन्त्रतामाथि प्रहार भएको भन्दै पत्रकार महासंघसहित विभिन्न संघ-संगठनले आपत्ति जनाइरहेका छन् ।

यही आलोचनाबीच सर्वोच्चका रजिष्ट्रार विमल पौडेलको हस्ताक्षरमा एक सूचनामार्फत् उक्त सामग्री पुन: प्रकाशन नगर्न र कतै शेयर नगर्न नगराउन ठाडो आदेश दिइएको छ ।

सिधा कुराको त्यो सामग्रीले अदालत, न्यायिक प्रक्रिया र समग्र न्याय प्रणालीप्रति भ्रम र अनास्था पैदा गरी अदालतको गरिमा र मर्यादामा आँच पुर्‍याउने तथा न्याय सम्पादनमा अवरोध गर्ने उद्देश्यले दुरासयपूर्ओ र नियोजित तरिकाले उत्पादन तथा प्रसारण गरेको देखिएको अदालतको जिकिर छ ।

सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले सोमबार सीधाकुरा डटकममा श्रृंखलावद्ध एक सामग्री २४ घण्टाभित्र हटाउन र उक्त सामग्रीमाथि अनुसन्धान गर्न आदेश गरेको थियो ।

Comments

2 responses to “‘सिधा कुरा’ को सामग्रीसँग सम्बन्धित समाचार प्रकाशन र शेयर नगर्न सर्वोच्चको फरमान”

  1. Dhaka Ram Sapkota Avatar
    Dhaka Ram Sapkota

    अडियोको सत्यता जाँच नगरी बन्द गर्ने अादेश दिनु सर्बोच्च अदालतको दादागिरी हो

  2. bharat kumar thapa Avatar

    अदालत ले दिएको आदेश ठिक हो र !

Leave a Reply

Your email address will not be published. Required fields are marked *