आगलागी पीडितलाई आर्थिक सहयोग प्रदान

सिन्धुपाल्चोक । सुनकोशी गाउँपालिका-६ अन्तर्पुमा वैशाख ७ गते घर गोठमा आगलागी हुँदा लाखौँको धनमाल जलेर नष्ट भएपछि पीडित परिवारलाई आर्थिक सहायता प्रदान गरिएको छ ।

स्थानीय रामबहादुर कार्कीको घरमा आगलागी हुँदा २० लाख रुपियाँ बराबरको धनमाल, पशु चौपाया को क्षति भएको थियो ।

आगलागीमा १५ वटा बाख्रा, अन्नपात, लगायत सम्पूर्ण सामग्री जलेर नष्ट भएको थियो ।

आगलागी पीडितलाई सुनकोशी–६ मा रहेको महेन्द्रदोक्ष माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुद्वारा संकलित ४ लाख ५४ हजार रुपियाँ पीडितको घरमा नै पुगेर हस्तान्तरण गरिएको छ ।

प्रतिनिधि सभा सदस्य माधव सापकोटा, प्रदेश सांसदहरु मसिना खडका, अमृता नेपाल, सुनकोशी गाउँपालिका अध्यक्ष टपिन्द्र प्रसाद तिमिल्सिना, पूर्व विद्यार्थी तदर्थ समितिका संयोजक आरएस भण्डारी लगायतले पीडितलाई संकलित रकम हस्तान्तरण गरिएको थियो ।

दुःखमा राजनीति नगरौँ र यस्ता सामाजिक अभियानमा सबैले सहयोग गरौँ भन्ने भावनाका साथ सबै नेताहरूलाई एकै ठाउँमा भेला गरिएको पूर्व विद्यार्थी समाजका संयोजक भण्डारीले बताए ।

दुःख र विपत्तिमा सबैले सहयोग गर्नुपर्ने र आफूहरूको तर्फबाट पनि सबै सहयोग गर्ने सांसद सापकोटाले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *