विराटनगर । इलाम २ मा मतगणना अन्तिमतिर पुग्दै गर्दा नेकपा एमालेका सुहाङ नेम्वाङले ६ हजार ६२८ भोटले लिड गरेका छन् ।
सुहाङले २१ हजार ३८० भोट ल्याउँदा नेपाली कांग्रेसका डम्बर खड्काले १४ हजार ७५२ भोट ल्याएका छन् ।
पहिचानवादी उम्मेदवार डकिन्द्र थेगिमको ९ हजार ९५५ मत छ । चौथो स्थानमा रहेका रास्वपाका मिलन लिम्बूले ३ हजार ६०३ मत ल्याएका छन् ।
नेकपा एसका जीतबहादुर राईले ३७१ भोट ल्याएका छन् । राप्रपाका लक्ष्मी गुरुङको १४९ मत छ ।
अहिले इलाम नगरपालिकाको १, ३ र ४ वडाको गणना जारी छ । अहिलेसम्म ५२ हजार २७३ भोट गनिसकिएको छ ।


Leave a Reply