रुपन्देही । अर्घाखाँचीमा घरमा आगलागी हुँदा एक बालिकाको मृत्यु भएको छ ।
भूमिकास्थान नगरपालिका वडा नं ५ असुरकोटका खिमबहादुर विकको घरमा आगलागी हुँदा बिककी ४ वर्षीया नातिनी अप्सरा विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठोरका अनुसार खिमबहादुर नातिनीलाई घरमा सुताएर काममा गएको बेला घरमा आगो लागेको थियो ।
केही दिनदेखि जिल्लाका विभिन्न क्षेत्रमा निरन्तर आगलागी भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply