विराटनगर । इलाम २ मा नेकपा एमालेका सुहाङ नेम्वाङले १६ हजार २१९ मतका साथ अग्रस्थान कायमै राखेका छन् । दोस्रो स्थानमा रहेका कांग्रेसका डम्बरबहादुर खड्काको १० हजार ५५७ भोट छ । दुईजनाबीचको अन्तर ५ हजार ६६२ मत छ ।
पहिचानवादी उम्मेदवार डकिन्द्र थेगेम ८ हजार ८२५ मत ल्याएर तेस्रो स्थानमा रहँदा रास्वपाका मिलन लिम्बू २ हजार ६४५ भोटका साथ चौथोमा छन् ।
नेकपा एसका जीतबहादुर राईले ३२२ भोट प्राप्त गरेका छन् ।
हेर्नुस् अहिलेसम्म कसले कति मत ल्याए –


Leave a Reply