संकेत अगस्तीको गीत ‘गन्तव्य खोज्दै’ सार्वजनिक

काठमाडौँ। आफ्ना हरेक भिडियोमा मनछुने कथावस्तु र मीठो सन्देश दिँदै आएका निर्देशक संकेत अगस्तीले दर्शकमाँझ पुन एकपटक नयाँ कोसली पस्केका छन। उनले संगीत भरेको नयाँ गीत ‘गन्तव्य खोज्दै’ सार्वजनिक भएको छ। श्रम शोषण र नेपाली युवाको वास्तविकता देखाउन खोजिएको गीतको भिडियो साइराम पिक्चर्सबाट सार्वजनिक गरिएको हो।

सुनिता ढुंगेल र अगस्ती क्रियेसनको निर्माणमा बनेको यो म्युजिक भिडियोले सहरमा कमाउने गन्तव्य खोज्दै हिँडेको पात्रलाई प्रस्तुत गरेको छ जो दुख गर्दा गर्दै अन्तिममा ज्यान गुमाएर आफ्नो परिवारलाई रुवाएर गएका छन्। त्यस्तै, कति युवाहरु विदेशमा कमाउन जाँदा कोहि बाकसमा फर्किएका त कतिले दुख पाएका छन् । त्यसैले भिडियोले यस्ता घटना फेरि नदोहिरियोस् भन्ने सन्देश दिन खोजेको टीमको भनाइ छ।

घरको विषम परिस्थिति र ऋणको पिरले सहरमा पैसा कमाउन गएका युवा र विदेश जाने रहर बोकेर आफ्नो इहलिला सहरमै समाप्त गरेको दुखद् कथावस्तुमा म्युजिक भिडियो छायांकन गरिएको छ। कमल सिंह, मिशेल घिमिरे र झलकमान अधिकारीसँगै सहायक पात्र विनय ढुंगेल, रामकुमार ढुंगेल, बलबहादुर नेपाली र सुरेश राइको अभिनयले यो म्युजिक भिडियोको कथालाइ थप पूर्णता दिएको छ।

गायनमा भने गायक श्रेय अगस्तीलाई बाबुल गिरीले पनि साथ दिएका छन् । गीतमा साक्षी श्रेयको शब्द रचना, बाबुल गिरीको संगीत संयोजन, रन्जन राइको रेकर्डिङ र विशाल निरौलाको मिक्सिङ मास्टरिङ रहेको छ। गीतको कथावस्तु साक्षी श्रेयकै छ भने शृङ्गारमा शर्मिला सुनुवार, छायांकनमा करण चैसिर, क्रियेटिभ निर्देशनमा खेमनाथ खनाल र सम्पादनमा टेकेन्द्र शाह रहेका छन्।

 

Comments

One response to “संकेत अगस्तीको गीत ‘गन्तव्य खोज्दै’ सार्वजनिक”

  1. Bidur Dhungel Avatar
    Bidur Dhungel

    माथी खबरमा भनिएकै गीतको अन्तर्य रहेको हुनाले शब्द, स्वर, संगीत र अभिनयले, आजको समाजले भोग्दै आएको तीतो अनि कहाली लाग्दो एकदमै संवेदनशील परिवेशको मिहीन चित्रण गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *