काठमाडौं । नेकपा एसका सम्मानित नेता झलनाथ खनाल चुनावी कमाण्डर बनेको इलाम २ को प्रारम्भिक मतगणनामा नेकपा एसका उम्मेदवारले शून्य मत पाएका छन् ।
फाकफोकथुम गाउँपालिका वडा नम्बर १ को मतगणना सम्पन्न हुँदा नेकपा एसका उम्मेदवार जीतबहादुर राईले एक मत पनि पाएनन् । जबकी कुनै संगठन र कार्यकर्तासमेत नभएको नेपाल मजदुर किसान पार्टीले पनि सो वडाबाट एक मत पाएको छ । राप्रपाका लक्ष्मी गुरुङले ४ मत, जनमतका प्रेमकुमार थाम्सुहाङले ३ मत ल्याएका छन् ।
अरु केही स्वतन्त्र उम्मेदवारले पनि १ देखि ९ मतसम्म पाएका छन् ।
कसले कति मत पाए हेर्नुस्


Leave a Reply