काठमाडौं । शंखमुल नजिकै बागमती दोभानमा आगलागी भएको छ । एक ग्यारेजबाट सल्किएको आगो अरु पसल र घरमा फैलिएको स्थानीयले बताएका छन् ।

स्थानीयका अनुसार आगो लागेको झण्डै एक घण्टापछि ललितपुरको दमकल पुगेको थियो । अहिले काठमाडौं महानगरको पनि दमकल आइपुगेको छ । छेउछाउका मोटरसाइकल वर्कसप, पान पसल, माछा पसल, तरकारी पसल र टहरा पनि जलेको छ ।
आगो निभाउने प्रयास जारी छ ।
आगलागीको कारण थाहा भइनसकेको प्रहरीले जनाएको छ ।



Leave a Reply