काठमाडौं । वेष्ट इन्डिज ‘ए’ विरुद्धको दोस्रो टी-२० खेलमा नेपाललाई दोस्रो सफलता मिलेको छ ।
तेस्रो ओभरको दोस्रो बल र पाँचौं बलमा नेपालका सागर ढकालले विकेट लिएका हुन् ।
उनले दोस्रो बलमा वेष्ट इन्डिज ‘ए’ का कप्तान जोनसन चार्ल्स र पाँचौं बलमा एलिक अथान्जलाई आउट गरेका हुन् ।
टीयु क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको वेष्ट इन्डिज ‘ए’ ले ३ ओभरको खेल सकिदा २ विकेट गुमाएर १८ रन जोडेको छ ।

Leave a Reply