निर्वाचन प्रणालीको सुधार नगरेसम्म स्थिर सरकार सम्भव छैन: सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले स्थिर सरकार नहुँदा मुलुकलाई ठूलो असर गरिरहेको बताएका छन्। पाल्पामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले निर्वाचन प्रणालीको विषयमा प्रश्न उठाए।

उनले भने,’मुलुक र जनताको हितमा काम गर्न स्थिर चाहिन्छ। एउटै दलको बहुमत नहुँदासम्म स्थिर सरकारको सम्भव देखिँदैन। त्यसैले निर्वाचनलाई सरल बनाउनुपर्छ। अहिले कुनै पनि दलको बहुमत छैन। धेरै दल मिलेर सरकार बनाउनुपर्ने बाध्यता छ।’

उनले दलका नेताले आफ्नो अनुकूल सरकार फेरबदल गरिरहँदा मुलुक अप्ठ्यारोमा परेको बताए। उनले निर्वाचन प्रणाली परिवर्तन गरेर जुनसुकै दलको एक बहुमत आउने पद्धतिको विकास गर्ने बताए।

निर्वाचन प्रणालीलाई सरल बनाउन आवश्यक परे संविधान र कानूनको संशोधन गर्न आवश्यक रहेको सुनाए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *