काठमाडौं । नेपालप्रेसकर्मी नविन काजी राई स्कुटर दुर्घटनामा परेका छन् ।
गएराति दरबारमार्गमा भएको दुर्घटनामा परेर राई गम्भीर घाइते भएका हुन् । उनी स्कुटरको पछाडि सवार थिए । दरवारमार्गमा स्कुटरकाे पछाडि सवार रहेको बेला दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
टाउकोमा चोट लागेको उनलाई ट्रमामा लगिएकोमा थप उपचारको लागि अहिले सिनामंगलस्थित केएमसीमा राखिएको छ । उनको अवस्था गम्भीर रहेको पारिवारिक स्रोतले जनाएको छ ।

Leave a Reply