महावै गाउँपालिकाका तत्कालीन उपाध्यक्षसहित नौ जनाविरुद्ध अदालतमा भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको महावै गाउँपालिकाका तत्कालीन उपाध्यक्ष मनराज शाहीसहित नौ जनाविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा अदालतमा मुद्दा दायर भएको छ ।

आयोगले बिहीबार तत्कालीन गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह, वडा नम्बर दुईका तत्कालीन वडा अध्यक्ष गौकला सिंह, तत्कालीन इन्जिनियर रुद्रबहादुर वली, सव–इञ्जिनियर हरिप्रसाद पाण्डेय, गाउँपालिकाका लेखापाल मलिम रावत विरुद्द विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनीहरुसँगै सिमखेतदेखि पादमघाटसम्म सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष अकल सुनार, कोषाध्यक्ष जर्मकला काफ्ले र सचिव ददी कामीविरुद्ध पनि मुद्दा दायर भएको आयोगका सहसचिव एवम प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

उनका अनुसार गाउँपालिकास्थित सिमखेतदेखि ओदा जाने सडक अन्दाजी २५ मिटर मात्र डोजरले खनी मान्छेले काम गरेको बिल बनाउन लगाएको एवं बास्तविक कामभन्दा बढी परिमाणको काम भएको देखाई बढी रकम भुक्तानी गरेर भ्रष्टाचार गरेको भन्दै उनीहरुविरुद्ध छुट्टाछुट्टै ३८ लाख ७६ हजार २७० रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *