शोभा पाठकलाई ५ महिनाअघि नै कारबाही गरेर निकालिएको युवा संघको भनाइ

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले धादिङकी जानुका भनिने शोभा पाठकले आफूलाई युवा संघको केन्द्रीय सदस्य भन्दै विभिन्न ठाउँमा संगठनको नाम लिएर अनुचित काम गरेको भन्दै उनी संघबाट पहिले नै निष्काशनमा परिसकेको जनाएको छ ।

युवा संघका महासचिव सुमन पुरीले बिगतमा युवा संघको गतिविधिमा जोडिएकी पाठकलाई गत मंसिर २२ गते बसेको पदाधिकारी बैठकले संगठनको नीति र आदर्शविपरितका हर्कत गरेका कारण निलम्बन गरेको बताए ।

उनले भने, ‘उनी युवा संघमा आबद्ध भए पनि उनका क्रियाकलाप गैरराजनीतिक र संगठनको हितविपरीत देखिएपछि पटक पटक सचेत गराउँदा पनि सुधार नभएकाले मंसिर २२ मै कारबाही गरेर निकालिएको हो ।’

पाठकले युवा संघका इन्चार्ज तथा एमाले नेता महेश बस्नेतमाथि विभिन्न आरोप लगाएर प्रहरीमा हुलाकमार्फत जाहेरी पठाएकी थिइन् । प्रहरी र सरकारी वकिलले जाहेरीमा लगाइएको आरोप अनुसन्धानका क्रममा प्रमाणित नहुने ठहर गरेपछि पछि प्रमाण पुगेमा फेरि अनुसन्धान हुनेगरी मुल्तबीमा राखेका छन् ।

पाठकले अरु व्यक्तिलाई पनि युवा संघको नाम लिएर ब्ल्याकमेल गर्ने गरेको गुनासो आएपछि संगठनले कारबाहीको जानकारी गराएको हो ।

Comments

3 responses to “शोभा पाठकलाई ५ महिनाअघि नै कारबाही गरेर निकालिएको युवा संघको भनाइ”

  1. भिम चम्द्र लिम्बु Avatar
    भिम चम्द्र लिम्बु

    अनि नवजात शिशुलाइ निकालेर फ्याकेको चै कहिले हो?

    1. rana magar Avatar
      rana magar

      युबा संघका इन्चार्ज महेस बस्नेत्ले ७२ सालमै बन्ध्याकरण गरेका हुनरे अनि को बाट नबजात शिशु भए ।यसैले त प्रमाण पुगेन भनियो सरकारी ओकीलबाट र केस मुतलबिमा राखियो । विभिन्न कारणले र उनी आफैले गरेको प्रेसमिटबाट उनी परीचालित हुन भन्ने बुझिन्छ ।

  2. लोकराज शर्मा Avatar
    लोकराज शर्मा

    खटपट शुरु भएको अलि पहिल्यै देखि रहेछ है ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *