एमाले छाड्ने संकेत गरेका भीम रावलले नयाँ पार्टी खोल्दैछन् ? यस्तो छ जवाफ (भिडि‍‌ओ)

काठमाडौं । नेकपा एमालेको पार्टी नेतृत्वले एकपछि अर्को गर्दै ‘बाइपास’ गर्दै डिलमा धकेलेपछि आज नेता भीम रावलले काठमाडौंमा पत्रकार सम्मेलन राखे। रिपोर्टस क्लबमा आयोजित पत्रकार सम्मेलनमा राखेको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै असन्तुष्टि पोखे।

उनले आफू १० औँ महाधिवेशनमा अध्यक्षमा ओलीसँग प्रतिस्पर्धा गरेकै कारण महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा आफूलाई निषेध गरेको दुखेसो गरे। पार्टी नेतृत्वको व्यवहार सहेर यहाँसम्म आइपुगेको उल्लेख गर्दै अब आफू गम्भीर मोडमा पुगेको सुनाए।

उनले भने, ‘यहाँभन्दा अगाडिको मैले सबै सहेर आएको छ, गोदावरीको अधिवेशनमा उहाँहरूले जुन प्रकारको व्यवहार गर्नुभएको छ। मैले के सोचेको छु भने अब मलाई राजनीतिक जीवनको एउटा मोडमा धकेलिएको जस्तो महसुस भएको छ। एउटा घुम्तीमा पुगेको जस्तो महसुस गरेको छु। अब त्यो घुम्तीमा पुग्दाखेरि हामी सबैलाई थाहा छ।’

सामान्य जीवनमा पनि मान्छे घुम्तीमा पुगेपछि एमाले छाड्ने संकेत गर्दै त्यो घुम्तीबाट मान्छे अर्को मोडमा जाने विश्लेषण सुनाए।

रावलले थपे, ‘कतै उहाँहरूले मलाई त्यो घुम्तीमा पुर्‍याएर अर्को मोडमा जाओस् भन्ने दुराशयका साथ यो काम गरिरहेको हो कि भन्ने महसुस गरेको छु। त्यस कारण अब म त्यो घुम्तीमा पुगेको छु भने भविष्यमा त्यो मोड कस्तो हुने छ भन्ने कुरा फेरि त्यो कुरामा आउनेछु।’

उनले आजै पार्टी छाडेको घोषणा नगरेपछि मोड कता लाग्छ भन्ने चाँडै बताउने बताए। उनले भने, ‘मैले आज एमाले छोड्ने घोषणा गरेको छैन। घुम्तीमा धकेलिएको छ, अब घुम्तीबाट अर्को मोडमा जाँदा कतातिर गइन्छ म भन्छु भनेको छु।’

उनले एमालेको गोदावरी बैठकमा जबज र एमालेको परम्परा विपरीत गतिविधि भएको जिकिर गर्दै जान नपाएको पीडा नसुनाएको बताए।

सम्मेलनमा उनलाई एमाले छाडेर नयाँ पार्टी खोलेर अघि बढ्ने सम्भावनाबारे पनि सोधेका थिए।

त्यसको जवाफ दिँदै उनले भने, ‘मैले विगतमा पनि राष्ट्रिय हितलाई सर्वोपरि राखेर हाम्रो राजनीति परराष्ट्रनीति, शासकीय स्वरूप, सुरक्षा, कृषि नीति लगायत हाम्रो राष्ट्रको हितलाई सर्वोपरि राखेर एउटा रूपरेखा कोर्न सकिन्छ भनेको छु। र, हाम्रो पार्टीको १० औँ महाधिवेशनको बेलामा मैले एउटा घोषण पत्र जारी गरेको थिएँ, त्यसमा नेपाललाई कसरी अगाडि लैजान सकिन्छ भनेर दूर दृष्टिकोण राखेको थिएँ, त्यसमा म अहिले पनि दृढ छु।’

Comments

3 responses to “एमाले छाड्ने संकेत गरेका भीम रावलले नयाँ पार्टी खोल्दैछन् ? यस्तो छ जवाफ (भिडि‍‌ओ)”

  1. मुरारि पराजुली Avatar
    मुरारि पराजुली

    यिनले पनि भुरे महाराज बन्ने सपना देखेछन् । यिनको दुःखी आत्मालाई बधाई छ ।

  2. ksp pyl Avatar
    ksp pyl

    एमालेमा त्यति धेरै नेता काम गरिरहेका छन् । पार्टी झन् झन् बलियो हुँदै गएको छ । तिमी चाहि केवल निहु मात्र खोजेर बसेका छौ । महाअधिवेशनमा तिमीलाई बरिष्ठ उपाध्यक्ष खाउ भन्दा अध्यक्षमा चुनाव लडछु भन्यौ । लौ न त भन्यो पार्टीले । चुनाव हार्यौ । तयसपछि पनि तिमीलाई पार्टीले केन्द्रीय समितिमा मनोनयन गरेर माथि ल्याउने भन्दा तिमीले खान्न भन्यौ । पार्टीले हजुरको जो विचार भन्यो । त्यसपछि तिमी न पार्टीको काममा लाग्यौ ( एउटा संगठित सदस्यको हैसियतले ) न पार्टीको हितमा बोल्यौ । खाली पार्टीका निर्णयहरूको ठाउँ ठाउँमा विरोध मात्र गरिरहेछौ । तिमीलाई अस्तिको परिषदको बैठकमा के हिसावले पास दिने ? न कहि बैठकमा आएका छौ । न पार्टीको सम्पर्कमा छौ न पार्टीको काममा छौ । खालि साउनमा फुलेको मूलाजस्तो फुलेर कुरा काट्दै हिडेका छौ । एमाले विरोधीहरूलाई वाह् भिम रावल हुने भैहाल्यो । त्यसैमा रमाएका छौ । तिमीले खुरूक्क पार्टी छोडेर गएको राम्रो । तर तिमी अहिले छोडदैनौ । त्यो कुरा थाहा छ । तिमीलाई जसले प्रयोग गरिरहेको छ उसले तिमीलाई संगीन घडीमा पार्टी छोडन लगाएर पार्टीलाई कमजोर बनाउन प्रयोग गर्छ । तिमी त्यहि बेलामा छोडछौ । तर न घनश्यामले छोडदा केही नापियो न तिमीले छोडदा केही हुन्छ । तिमी जस्ता र तिमीभन्दा राम्रा लाखौ कार्यकर्ता छन् एमालेमा । घुर्की लगाउन बन्द गर । दिल्लीका दलालहरू तिमीले छोडछुभन्दा खुशी देखिएका छन् । यसैबाट थाहा हुन्छ तिमी कसको लागि काम गर्दै छौ भनेर ।

  3. रविन शैलुङ Avatar
    रविन शैलुङ

    अाज ज जसले भीम रावललाइ घुम्तीमा धकेलिरहेका छन् भाेलि ितनिहरूकाे पनि त्यस्तै घुम्तिमा धकेलिने दिन अाउनेछ । हेक्का रहाेस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *