भ्रष्टाचारलाई राजनीतिक एजेण्डा बनाउँदा कर्मचारीले हुने काममा पनि सही गर्न छाडे

अर्थतन्त्र संकुचनमा गएको छ, राजस्व बढ्ने अवस्था छैन । बाह्य ऋण पनि बढिरहेको छ । आन्तरिक ऋण खपत गर्ने, तर तिर्न नसक्ने अवस्थाबाट हामी थिचिएका छौं । सरकारले लिने ऋण अनुत्पादक छ । निजी क्षेत्रलाई आफ्नो सम्पत्ति डुब्ला भन्ने डर हुन्छ । मानौ, सिंगापुरमा रबरको भाउ घट्यो भन्ने खबर पाउनेवित्तिकै उसले तुरुन्तै खरिदका लागि स्वीकृति दिन्छ । तर, सरकारको बिजनेस अनुत्पादन छ । त्यही अवस्थामा सरकारले टेण्डर आव्हान गर्छ । त्यसमा ३५ दिन जान्छ खरिद गर्ने स्वीकृति पाइन्जेलको अवस्थामा रबरको भाउ तीन गुणाले बढिसकेको हुन्छ ।

सरकारले ऋण उठाउन थालेपछि निजीले नपाउने अवस्था आउन सक्छ । अहिले हामी त्यही अवस्थामा छौं । यो अवस्था तत्काल सुधार हुने आश छैन । म अर्थमन्त्री हुँदा अप्ठ्यारो थियो, तर जनतामा विश्वास थियो । राजनीतिक अस्थिरता थियो तर पनि विश्वास थियो जनतामा ।

१७ घण्टा लोडसेडिङ थियो । सधैं बन्द हड्ताल सडक जाम थियो । हामी पैसा दिन मरेर लागेका थियौं । दुर्घटना हुने बित्तिकै १० लाख । कारखाना सबै बन्द,मजदुर सडकमा । तर अहिले त्यो छैन । तर त्यो भन्दा गम्भीर संकटमा मैले देखिरहेको छु देश । अविश्वास यति तिब्र भएर गएको छ कि,यसबाट कुनै नतिजा आउँछ कि आउँदैन भन्ने कुराको मान्छेमा निराशा छ । आशा जगाउन सक्नुभयो भने अर्थमन्त्रीलाई म धन्यवाद दिन्छु ।

अहिलेको स्थितिले समाधान गर्नेमा आशावादी छैन । राजस्व बढीमा भए ११ खर्ब पुग्छ भनिएको छ । अनुदान आउनै छाड्यो । बाह्य ऋण लक्ष्यको २० प्रतिशत पनि आउन गाह्रो छ किनकी खर्च गर्न सक्दैन । लक्ष्यको ७० प्रतिशत राजस्व उठ्ने अपेक्षा छ । पूँजीगत खर्च छुट्याउन नै कम छुट्याउँछौ तर त्यसमा पनि खर्च कम हुन्छ ।

८५ प्रतिशत व्यक्तिको स्वामित्वमा जग्गा छ । कृषिको जमिनमा नो ट्याक्स भनोस् । हदबन्दी नलाग्ने भनोस्, कृषिबाहेक अर्को गर्न पाइँदैन भनोस् । गाउँपालिका र नगरपालिकालाई बीचको मध्यस्थ भएर करारमा खेती गर्न देओस् । जग्गा खाइदिन्छ भन्ने डरले अर्कालाई खेती गर्न दिँदैन । पालिकालाई ग्यारेन्टी गर्न दिउँ । अरुको जग्गा उपभोग गर्न पाउने तर खान नपाउने व्यवस्था गरौं ।

चालू खर्च चाहिँ नघट्ने बढ्दै जाने अवस्था छ । सिंगो कर्मचारी प्रशासनदेखि सारा शक्ति पाल्दिनै पर्ने । यसरी चालू खर्च बढ्दै जाने हो भने कसरी टिक्न सकिन्छ ? यस्तै अवस्था हुने हो भने एक वर्षपछि आधा सरकारी कर्मचारी हटाऔं तलब दिन नसक्ने भयौं भन्ने अवस्था आउन सक्छ । अहिले हामीले सामाजिक सुरक्षाको मात्र कुरा गर्छौं । त्यतिबेला कर्मचारी चाहिँ किन राख्ने भन्ने कुरा पनि आउन सक्छ । मैले त्यो सिनारियो देखिराखेको छु । यसतर्फ गम्भीर बन्नुपर्छ । आगामी बजेट ठूलो आकारभन्दा पनि कार्यान्वयन हुन सक्ने हुनुपर्छ । बजेटको आकार त अर्थमन्त्रीले कागजमा बढाइदिने हो भए होस् नभए नहोस् । अर्थमन्त्रीलाई के हुन्छ ?

मध्यावधि समीक्षामार्फत १० प्रतिशत बजेट घट्दा त ठीकै थियो ३३ प्रतिशत घट्दा बजेट किन ल्याउने भन्ने प्रश्न आउन सक्छ । त्यस्तो बजेटको विश्वसनीयता नै हुँदैन । यसकारण बजेटको आकारभन्दा पनि पूँजीगत खर्च गर्ने तरिका बदल्नु जरुरी छ । बजेटमा ३० प्रतिशतभन्दा बढी सांसदले मागेको कुरा नगर्ने भनेर संसदबाट पास गरौं । बाँकी ७० प्रतिशत रणनीतिक विकासमा लैजाउँ, टुक्रेमा नजाऔं । जस्तै, पूर्वपश्चिम राजमार्गकै कुरा गर्दा यसले २० लाखलाई रोजगारी (बस चलाउने, होटल, कृषि सामाग्री बेच्ने ठाउँ) दिएको छ । यसकारण ठूला आयोजनामा जाऔं भनेको हो सार्वजनिक सेवा काटौं भनेको होइन । चीनको ६० प्रतिशत एरियामा ६ प्रतिशत जनसंख्या छ । बाँकी ४० प्रतिशतमा ९४ प्रतिशतको बसोबास छ । त्यसले आर्थिक प्रतिफल पनि दिन्छ । विकासको मोडल यो तर्फ लैजानुपर्छ । सबै ठाउँमा बराबर गर्ने भनेर हुँदैन । केही व्यक्तिलाई केही क्षेत्रलाई धनी बनाउनेतर्फ लागौं अनि नतिजा आउँछ ।

भ्रष्टाचार राजनीति एजेण्डा भो । प्रत्येक राजनीतिक परिवर्तन पछि अगाडिका सरकारमा रहेकालाई भ्रष्टाचारीको मुद्दा लगाइन्छ । भ्रष्टाचार नियन्त्रण गर्ने हो तर भ्रष्टाचारी भएरै गरेको हो कि राजनीति प्रपञ्च गरिएको हो त्यो छुट्याइनु पर्छ ।

रोजगारी नपाएर मान्छे बाहिर हिँडेका छन । श्रम अनुत्पादन ढंगले नलगौं । प्रधानमन्त्री रोजगार भनेर झार उखेल्ने काम मात्र नगरौं । समाजिक सुरक्षाका लागि दिएको हो भने त्यही भन्नुपर्‍यो होइन भने यस्ता कार्यक्रमको औचित्य खोज्नुपर्‍यो । उत्पादनमै केन्द्रित हुन खोजेको हो भने अनुगमन गर्ने संयन्त्र चाहिन्छ । श्रम सृजना गरेका छौं यति भनेका छौं तर त्यसले रिटर्न गरेको छैन । कर्मचारीतन्त्र र राजनीति क्षेत्र सबै भ्रष्ट हुन भनेर सृजना गरिएको छ । त्यसलाई अन्त्य नगरी मानिसले काम गर्छ ?

म अर्थमन्त्री हुँदा कोरियनले रसुवामा खानेपानीमा लगानी गरेका थिए । तर, त्यहाँ माओवादीले उनीहरूलाई कुटेछन् । अनि मैले लगानी गरौं भन्दा उनीहरूले नेपालमा गएर हाम्रा कोरियनले कुटाइ खाने तालिम लिन आउनु छ र ? भन्ने जवाफ दिए । अहिले नेपालमा कर्मचारीको मनस्थिति पनि त्यस्तै छ । कुन दिन कुन केसमा अख्तियार लाग्ने हो भन्ने चिन्ता छ । कुन दिन फाइलमा साइन गरेको हो त्यो बिर्सिसकेको हुन्छ तर, भ्रष्टाचारको मुद्दामा अख्तियारले समात्छ । उसको करियर, सामाजिक प्रतिष्ठा सबै समाप्त हुन्छ । त्यही डरले पनि अहिले कर्मचारीहरूले हुने/चाहिने काममा पनि साइन गर्न डराइरहेका छन् ।

भ्रष्टाचार राजनीति एजेण्डा भो । प्रत्येक राजनीतिक परिवर्तन पछि अगाडिका सरकारमा रहेकालाई भ्रष्टाचारीको मुद्दा लगाइन्छ । भ्रष्टाचार नियन्त्रण गर्ने हो तर भ्रष्टाचारी भएरै गरेको हो कि राजनीति प्रपञ्च गरिएको हो त्यो छुट्याइनु पर्छ । लगानी गर्नेको केवाईसी (ग्राहक पहिचान फारम) भरेर तीनपुस्ते लिने तर यहाँ केही नगर्नेको त ब्याक च्यानल प्रयोग भएर अमेरिका पैसा जाने हुन्छ । यहाँका मानिसले अण्डरग्राउण्ड ढंगले पैसा अमेरिका लैजान्छ त्यहाँ पुगेपछि त्यो वैध हुने र यहाँ आउँदा अवैध हुने कसरी ?

बजेटको आकारभन्दा पनि पूँजीगत खर्च गर्ने तरिका बदल्नु जरुरी छ । बजेटमा ३० प्रतिशतभन्दा बढी सांसदले मागेको कुरा नगर्ने भनेर संसदबाट पास गरौं । बाँकी ७० प्रतिशत रणनीतिक विकासमा लैजाउँ, टुक्रेमा नजाऔं ।

यसलाई विश्लेषण गरेर उच्चस्तरको नेतृत्वले कति कुरा साँच्चै भ्रष्टाचार हो भनेर हेर्नु जरुरी छ । यो कुरा छुट्याएर कर्मचारी र राजनीति क्षेत्रको मनोबल पनि बढाउने काम गर्नुपर्छ । यदि गलत छ भने फाँसी नै दिएपनि हुन्छ अर्थात् उच्चतम दण्ड गरौं । पूँजीगत खर्च गर्नका लागि फाइल सदर गर्ने मान्छे छैन । कानूनमा संशोधन गर्नुछ भने पनि गरेर जाउँ । वर्षदिन भरि बजेट छुट्याएर जाउँ । विधिपूर्वक गरेको खर्चमा तलमाथि हुँदैन भनेर ग्यारेन्टी दिनुपर्‍यो । सबै निकायसँग छलफल गर्ने सबैको ध्यान एकातिर हुनुपर्छ । एकै साइडमा चल्नु सबैको सामूहिक कर्तव्य हो ।

नेपालमा साना फ्याक्ट्रीका लागि धेरै भन्सार दर ठूलाका लागि १ प्रतिशत रे ! के गर्न खोजेको हो । एउटै उद्योगको समान ल्याउँदा कसरी अध्ययन गर्छ थाहा छैन । भूमि सुधार पुरानो ढंगको हुँदैन । किन मान्छेले अर्कोलाई खेती गर्न पनि दिँदैन, आफूले पनि गर्दैन ?

यसरी चालू खर्च बढ्दै जाने हो भने कसरी टिक्न सकिन्छ ? यस्तै अवस्था हुने हो भने एक वर्षपछि आधा सरकारी कर्मचारी हटाऔं तलब दिन नसक्ने भयौं भन्ने अवस्था आउन सक्छ । अहिले हामीले सामाजिक सुरक्षाको मात्र कुरा गर्छौं । त्यतिबेला कर्मचारी चाहिँ किन राख्ने भन्ने कुरा पनि आउन सक्छ । मैले त्यो सिनारियो देखिराखेको छु । यसतर्फ गम्भीर बन्नुपर्छ । आगामी बजेट ठूलो आकारभन्दा पनि कार्यान्वयन हुन सक्ने हुनुपर्छ । बजेटको आकार त अर्थमन्त्रीले कागजमा बढाइदिने हो भए होस् नभए नहोस् । अर्थमन्त्रीलाई के हुन्छ ?

८५ प्रतिशत व्यक्तिको स्वामित्वमा जग्गा छ । कृषिको जमिनमा नो ट्याक्स भनोस् । हदबन्दी नलाग्ने भनोस्, कृषिबाहेक अर्को गर्न पाइँदैन भनोस् । गाउँपालिका र नगरपालिकालाई बीचको मध्यस्थ भएर करारमा खेती गर्न देओस् । जग्गा खाइदिन्छ भन्ने डरले अर्कालाई खेती गर्न दिँदैन । पालिकालाई ग्यारेन्टी गर्न दिउँ । अरुको जग्गा उपभोग गर्न पाउने तर खान नपाउने व्यवस्था गरौं ।

अब विशेष संकटको बेला कहाँबाट सुरू गर्ने भन्दा उत्पादन नबढाइ उपाय छैन । उत्पादन बढाउनुपर्‍यो, त्यहाँबाट भात खुवाउनुपर्‍यो, बाहिर पैसा जाने क्रम रोकिनु पर्‍यो । पर्यटन क्षेत्रमा कसैले लगानी गर्न आउँछ भने १० प्रतिशतन ट्याक्स फ्री भन्दिए के जान्छ ? हाम्रोले रोजगारी पाउँछन् । अहिले छुट दिए भोलि लगानी आउँछ । आउँदै नआएको लगानी यसमा लस हुन्छ भनेर हिसाब गर्छौं । तर, त्यो लगानी आए रोजगारीको समस्या हल हुनसक्छ भन्ने हिसाब गर्दैनौं, यसको माइण्डसेट बदलौं । नियन्त्रण होइन प्रवर्द्धनबाट सुरू गरौं ।

अहिले आर्थिक संकट छ । फ्ल्याट बनाउँ त्यसको जिम्मा हामी लिन्छौं भन्यो भने सबै लगानी त्यता झर्न थाल्छ । अहिले सुस्त रहेको घरजग्गा कारोबारमा पनि चलायमान हुन्छ ।  एउटा व्यक्तिले देशभर पैसा नतिर भनेर हिँड्छ, तर सरकारले कारबाही गर्दैन ।

(आगामी बजेटबारे अर्थमन्त्री वर्षमान पुनले आयोजना गरेको छलफलमा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले दिएको सुझावको सार-संक्षेप)

Comments

One response to “भ्रष्टाचारलाई राजनीतिक एजेण्डा बनाउँदा कर्मचारीले हुने काममा पनि सही गर्न छाडे”

  1. RD KULUNGE Avatar
    RD KULUNGE

    पूर्व अर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले नेपाली अर्थतन्त्रको केही विषय सुधारका पक्ष खुट्याए पनि मुल कुरा जानाजान स्किप्ट गरेको देखिन्छ यो लेखमा । छलफल यि विषयमा हुनुपर्ने होइन ?
    १) पछिल्लो समय देशले सङ्घीय प्रणाली अप्नाएको कारण साधारण खर्चमा असाध्यै बढोत्तरी भएको छ । केन्द्र बाहेक प्रदेशमा कम्तिमा ७० मन्त्रालय, उति नै वा अझ ज्यादा संख्यामा मन्त्री र सचिव थपिएका छन् । त्यस अन्तरगत अनेक इकाईहरु, सल्लाहकार, स्वकीय, सचिवालय । यसले दोहन गर्ने राज्यश्रोत कति हो कति बेहिसाब । तर राष्ट्रिय अर्थतन्त्रमा त्यसको योगदान के छ ? बताउन सकिने अवस्था छैन ।
    २) हामीलाई चाहिने सांसद १५० जति होला तर १००० जना सांसद पालेका छौं । तिनलाई सुविधा दिएका छौं । अनि ७५३ छोटे सरकारहरुले उपयोग गर्ने सेवा सुविधाको के कुरा ? उनिहरु केन्द्र सरकारबाट अनुदान लिने तर राष्ट्रिय आयमा योगदान दिने जिम्मेवारी नलिने पानीमाथिको ओभानोमा रमाइ रहेका छन् । यस्तो अवस्था देशले कति दिन धान्छ ?
    ३) हामी सार्वजनिक ऋण लिएर नेताहरुलाई तलब खुवाउने प्रणालीमा छौं । जसलाई सङ्घीयताको नामले बखान गरिरहेका छौं । दुहुना गाई बेचेको पैसाले घिउ किनी खाने प्रणालीले देशको आयास्ता कसरी बढ्छ पाण्डे जि ? यस्तो देशको अर्थतन्त्र कति दिन सहिसलामत चल्छ ?
    ४) लोककल्याणकारी राज्यको नाममा नसक्ने सामाजिक सुरक्षाको भार कतिदिन बोक्ने ? विधवा भत्ता, साठी पुगेका सबै दलितलाई बृद्ध भत्ता, अल्पसंख्यक र लोपोन्मुखका नाममा केही जाति समुदायको परिवारै पाल्दिनु पर्ने व्यवस्था कति दिन थाम्छ देशले ? अनि ६८ बर्षदेखि नै वृद्ध भत्ता किन ? सरदर आयु ७१ बर्ष रहेको देशमा ७० कटेलाई मात्रै वृद्ध भत्ता दिनुपर्ने होइन ?
    ५) राष्ट्रिय उत्पादन बढाउने सरकारी नीति र कार्यक्रम खोइ ? किसान, साना उद्यमी, साना सेवा उत्पादक, सर्वसाधारणलाई शोषण गरेर ठूला पूँजिपतिलाई पोष्ने कानुन खारेज हुनुपर्ने नि नपर्ने ?
    ६) कर्मचारी राज्यलाई नचाहिने भए नराखे भयो । नेता र तिनका अरौटे भरौटे बाटै चल्छ भने चलाउँ भन्न सक्न पर्यो । तर बुझ्न पर्यो, समस्या कर्मचारीतन्त्रका कारण या राजनीतिक नेताहरुका कारण ?
    ७) विदेशीले देश समाप्त पार्न बोकाएको एजेन्डा काँधमा हालेर देशको अर्थतन्त्र सग्लो र सबल हुन्छ?
    राजनीतिक दलहरुले अहिलेसम्म (२०४७ यता)का आर्थिक नीति र कार्यक्रम समीक्षा गर्नुपर्ने होइन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *