चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित सात जनाविरुद्ध अदालतमा मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीसहित सात जना विरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।

आयोगले बिहीबार निमित्त प्रमुख प्रशासकीय अधिकृत शाही, वडा नम्बर तीनका तत्कालीन वडा अध्यक्ष शालिग्राम ऐडी, इन्जिनियर रुद्र बहादुर वली, असिस्टेन्ट सवइन्जिनियर हर्कधन बुढा, उपभोक्ता समितिका अध्यक्ष मनजित रोकाया, सचिव धनपति ऐडी र कोषाध्यक्ष पुनी ऐडीले वडा तीनस्थित सुकिचौर हुँदै चिमाङसम्मको बाटो निर्माण कार्यमा अनियमितता गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगले वास्तविक तथ्य बङ्ग्याई भए गरेको कार्यभन्दा बढी मूल्याङ्कन गरी नापी किताबमा चढाएर हस्ताक्षर गरी निर्माण स्थलमा भए गरेको काम भन्दा बढी तथा साइटमा नगराएको परिमाणको झुट्टा बिल भरपाई तथा कार्य सम्पन्न प्रतिवेदन तयार तथा स्वीकृत गरी २ लाख २२ हजार ५०३ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै सात जनालाई छुट्टा छुट्टै बिगो कायम गर्दै अदालतमा मुद्दा दायर गरेको आयोगका सहसचिव एवं प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *