लिभरपुलको पराजय, उपाधि होडबाट बाहिरिने सम्भावना

काठमाडौं। इङलिस प्रिमियर लिग फुटबलमा एभर्टनसँगको हारपछि लिभरपुल उपाधि होडबाट लगभग बाहिरिने सम्भावना प्रवल बनेको छ । होडमा गम्भीर धक्का लागेको छ। गुडिसन पार्कमामा भएको डर्बीमा एभर्टनसँग २–० ले पराजित भएपछि उपाधि योजनामा लिभरपुललाई गम्भीर धक्का लागेको हो ।

एभर्टनले सन् २०१० पछि मर्सिसाइड डर्बीमा पहिलो घरेलु जित दर्ता गरेको हो । ​एभर्टनको जितमा जाराड ब्रान्थवेट र डोमिनिक काल्भर्ट लेविनले गोल गरे।

हारसंगै ३४ खेल खेलेको लिभरपुलको ७४ अंक छ। समान खेल खेलेको आर्सनल ७७ अंक सहित शीर्षमा छ। ३२ खेल खेलेको साविक विजेता म्यानचेस्टर सिटी ७३ अंकका साथ तेस्रो स्थानमा कायम छ।

गएाराति नै भएका अन्य खेलमा म्यानचेस्टर युनाइटेडले सेफिल्ड युनाइटेडलाई ४–२ गोलले हराउँदा क्रिष्टल प्यालेसले न्युक्यासललाई २–० ले पराजित गर्यो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *