हेटौंडा । बागमती प्रदेशसभाको चालू हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुने भएको छ ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेशसभाको चालू हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट लागू हुने गरी अन्त्य भएको घोषणा गरेका हुन् ।
बुधबार बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले चालू अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो । सरकारले सिफारिस गरेपछि प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा २ अनुसार प्रदेशसभा बैठक अन्त्य भएको घोषणा गरेका हुन् ।

Leave a Reply